बेलायतमा ‘आठौँ लोकदोहोरी स्वर्णिम साँझ’३१ मे मा, को को छन् कलाकार ?

SHARE:


लन्डन १५ मे २०२५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा यही मे ३१ मा ‘आठौँ लोकदोहोरी स्वर्णिम साँझ’ हुने भएको छ ।

चर्चित लोकगायक तथा गायिकाहरूले प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा स्वर्णिम साँझ हुन लागेको हो । शाखाका अनुसार कलाकारहरू जुना श्रीस, बालचन्द्र बराल, रिना थापा, प्रसाद खप्तरी मगर, आरसी पौडेल, विमल परियार, देवी आले, अनुपा मगर, शर्मिला बिसी, भूमिका शाह, सृष्टि पुन र साहिमा श्रेष्ठले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।

उपस्थित भएर नेपाली मौलिक लोक संगीतको भरपुर मजा लिन र संस्कृति प्रवर्द्धनमा सहयोग पुर्‍याउन शाखाले यूकेवासी नेपाली समुदायलाई अनुरोधसमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!