लन्डन २९ मे २०२५ । गत वर्षहरुमा झैँ तनहुँ समाज युकेले शनिबार ७ जुन २०२५ का दिन १८ औं वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ।
भेटघाट कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्ट्स कलेजमा हुने तनहुँ समाज युकेका संथापक अध्यक्ष लेख गुरुङले जानकारी दिएका छन् । कार्यक्रममा नेपालबाट बेलायत आएका चर्चित कलाकारहरु पवित्रा गुरुङ, प्रसाद खप्तडी मगर, देबी आले मगर र बालकृष्ण बरालले आ-आफ्नो प्रस्तुति दिने छन् भने स्थानीय कलाकारहरु सम्प्रदा राई, अंचिता गौतम, रोनिशा आले मगरलगायत कौरा ग्रुपले कौरा प्रस्तुत गर्ने भएको छ।
भेटघाट कार्यक्रममा राफल ड्र राखिएको छ भने प्रथम पुरस्कार आधा तोला सुन राखिएको छ। कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुनेछ भने बेलुकी १० बजे बन्द हुनेछ।
भेटघाट कार्यक्रमको लागि टिकट दर वयष्कको लागि २५ पाउण्ड राखिएको छ भने जेष्ठ नागरिकलाई २२ पाउण्ड र वालवालिकालाई १५ राखिएको छ । उक्त वार्षिक भेटघाट कार्यक्रममा उपस्थित भैदिनका लागि तनहुँ समाजका अध्यक्ष केशर राना मगरले सम्पर्ण तनहुँवासी तथा बेलायतवासी नेपाली दाज्युभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।






