सरस्वती थापा मगर – बेलायत ।
मगर महिला संघ युके, सुइन्दन शाखाले ब्रेस क्यान्सरको लागि २ हजार पाउण्ड संकलन गर्ने लक्ष राखेको छ। उक्त रकम संकलन आइतवार १ जुन २०२५ देखि शुरु गरेका छन् भने सोमवार ३० जुन २०२५ का दिन बन्द गरिने भएको छ ।
यस फन्ड राइजिङ च्यालेन्जमा अध्यक्ष सरस्वती थापा मगरको नेतृत्वमा मालती थापा मगर, अन्जु राना मगर, ज्ञानु थापा मगर, सनम पुन मगर, रिमा पचभैया मगर र रोजी तिलिजा मगर जोडिएका छन्। च्यालेन्जमा सहभागीहरुले इन्डोर, आउटडोर रनिङ साइक्लिङ र ट्रेल वकिङ गरेर ७०० कि. मि. दुरी पुरा गर्नेछन्। सहभागीहरुको दुरी मापनको लागि ट्रेकिङ डिभाइस जडान हुनेछ।
स्मरण रहोस, अध्यक्ष थापा मगरले बिगतका वर्षहरुमा Dementia, Great Ormond Street Hospital, Macmillan Cancer र Mental health को लागि फन्ड संकलन गरिसकेका छन्। यो वर्ष भने पाँचौं वर्ष हो।
मगर महिला सुइन्दन शाखाले बेलायतवासी नेपाली दाज्युभाइ दिदीबहिनिहरुलाई यस परोपकारी कार्यलाई सहयोग गरिदिन अनुरोध गरेका छन्।
https://www.facebook.com/share/1Aqf9GX3xb/?mibextid=wwXIfr






