नेपाली भिलेज युकेको तेस्रो साधारण सभा ब्रेकनमा भव्यताका साथ सम्पन्न

SHARE:

 

विक्रम भट्टराई – ब्रेकन, बेलायत।

सनिवार ३१ मे २०२५ का दिन नेपाली भिलेज युकेको तेस्रो साधारण सभा यस शनिबार ब्रेकनस्थित गिल्डहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केही शेयरहोल्डरहरूको प्रत्यक्ष सहभागिता रहँदा अधिकांशले जुम मार्फत सहभागिता जनाएका थिए।

कार्यक्रमको सञ्चालन निर्देशक मधु गुरुङले गर्नुभएको थियो भने सचिव टिकाराम (जीवन) गुरुङले संस्था अन्तर्गत वर्षभरि सम्पन्न गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी, फाइनान्स डाइरेक्टर लोकेन श्रेष्ठले आर्थिक विवरण सार्वजनिक गर्नुभएको थियो।

नेपाली भिलेज युकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले परियोजनासम्बन्धी उपलब्धिहरू प्रस्तुत गर्नुहु्दै, हालसम्मको प्रगति र आगामी योजनाहरूको जानकारी दिनुभयो। उहाँका अनुसार, नेपाली भिलेज युकेको मुख्य परियोजनाको लागि स्थानिय निकायमा प्लानिङ परमिसन प्रक्रिया जारी रहेको छ।

उक्त अवसरमा हाल संचालनमा रहेको बुद्धिस्ट रिट्रीट सेन्टर ‘अबरक्ल्याड हाउस’ जो नेपाली भिलेज युकेको ठिक अगाड़ी अवस्थित छ, करिब दुई वर्षदेखि बजारमा बिक्रीका लागि खुला रहेको र हाल यसको मूल्य घटाएर £1.1 मिलियन (एघार लाख पाउन्ड) मा झरेको हुँदा नेपाली भिलेज युकेको तर्फबाट उक्त घर/ सम्पत्ति खरीद गर्ने तयारी भइरहेको जानकारी दिइयो। यस खरीदबाट परियोजनाले अपेक्षित समयभन्दा छिटो व्यवसायिक प्रगति गर्ने अपेक्षा गरिएको छ।

सभा मार्फत सम्पूर्ण शेयरहोल्डरहरूको सल्लाह र सहमतिमा परियोजनाको तेस्रो चरणको शेयर क्याम्पेन यही जुलाई १ तारिखदेखि सुरु गर्ने निर्णय पनि गरियो। उक्त क्याम्पेन युकेको विभिन्न शहरहरूमा आयोजना गरिने कार्यक्रममार्फत संचालन गरिनेछ भने हालका २९३ जना शेयरहोल्डरहरूलाई थप शेयरको लागि प्राथमिकता दिने व्यवस्था गरिनेछ।

हाल परियोजनामा शेयरहोल्डरहरूका लागि मात्र सञ्चालनमा रहेको हलिडे होम सेवा निकट भविष्यमा आम सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी भइरहेको छ। साथै, परियोजनाको जग्गामा अर्गानिक फार्म सञ्चालन गर्दै नेपाली सागपात र विभिन्न पुष्पजन्य बिरुवा रोपेर वातावरणीय सौन्दर्य वृद्धि गर्ने योजना पनि अघि सारिएको छ।

नेपाल र नेपाली समुदायका लागि दीर्घकालीन सोचसहित अघि बढिरहेको नेपाली भिलेज युकेको यो पहलले बेलायतस्थित नेपालीहरूको सामाजिक, सांस्कृतिक र आर्थिक पहिचान बलियो बनाउन र नेपाल र वेल्स को पर्यटन प्रबर्धन मा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्मरण रहोस , यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो । जून मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुने छ । जहा शान्त वातावरणमा छूट्टी मनाउने र स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र बिभिन्न सुबिधायुक्त ठाउँ पनि हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!