सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड केन्टको अध्यक्षमा मोहन लिम्बू

SHARE:

लन्डन ८ जून २०२५ । सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड केन्टको अध्यक्षमा मोहन लिम्बू चयन भएका छन् । आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा शनिबार ३१ मे २०२५ मा भएको ११ औं महाधिवशेनले लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षहरुमा प्रमुख उपाध्यक्ष चीरन राई, उपाध्यक्ष विमला लिम्बू, मीलन चन्द्र राई, उमादेवी गुरुङ, उत्तर मगर, महासचिव रामप्रसाद लिम्बू, सचिव देवान लावती, सहसचिव शिखर लिम्बू, सांस्कृतिक सचिव ओम मगर, सांस्कृतिक सहसचिव पर्वत राई, मालती लिम्बू, धनसचिव कुलप्रसाद थाम्सुहाङ, समुदाय सम्पर्क सचिव दलिन्द्र केसी, सहसमुदाय सम्पर्क सचिव आङगेलु शेर्पा, सञ्चार सहसचिव विजय श्रेष्ठ, खेलकुद सचिव पदम योङहाङ, सहखेलकुद सचिव रविन परियार कोषाध्यक्ष कमल राई, सह कोषाध्यक्षमा गुमान लिम्बू चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः अमृत गुरुङ, अर्जुनकुमार लिम्बू, भुवन गुरुङ, गंगाराज राई, जीव पाण्डे, झलक लिम्बू, माला राई, नारायण लिम्बू, पारुहाङ राई, श्रदा पुन, सिवानी राई र सिला श्रेष्ठ रहेका छन् ।

महिला विभाग

महिला विभाग अध्यक्ष प्रेमकुमारी गुरुङ, महिला प्रमुख उपाध्यक्ष रोमा परियार, उपाध्यक्ष कल्पना राई, सचिव तारादेवी गुरुङ, कोषाध्यक्ष रिञ्जिला तुम्रोक, सहकोषाध्यक्ष एरोरा घले र राधा लोप्चन, सांस्कृतिक सचिव सेलिना राई, सहसांस्कृतिक सचिव राधा ठकुरी राई, सञ्चार सचिव मधु घले छन् ।

सदस्यहरुमा क्रमशः विन्दुवाला सुब्बा, शशीकला गुरुङ, हेमा लिम्बू, माक्सती ओख्राबु, निर्मला राई, जया राई, गीता राई, रेविका जिमी, बुना मगर, मीना कार्की, रेवन्ती देवान, सुमा राई, सविता राई, प्रमिला मादेन, देविका लिम्बू, एलिसा राई, रीता लिम्बू, पविता गोले, आशा मादेन, माला तावा, शान्ती लिम्बू, देवी माया गुरुङ, नीमा लामा, सपना राई र यमुना लिम्बू रहेका छन् ।

युवा विभाग

त्यसैगरी युवा अध्यक्ष सुरेन्द्र लिम्बू, उपाध्यक्ष योगेन्द्र तावा, सचिव योगी गुरुङ, कोषाध्यक्ष पूर्ण साम्पाङ राई, सहकोषाध्यक्ष कामना राई, सहकोषाध्यक्ष सुमिक लिम्बू, युवा मनोरञ्जन सचिव मिक्की लिम्बू, युवा खेलकुद सचिव सञ्जु थकाली चयन भए ।

सदस्यहरुमा क्रमशः शैना लक्ष्मी गुरुङ, करिश्मा राई, मुघाधन तामाङ, भीमप्रसाद राई, नवीन्द्र आङबुहाङ, सारा ओख्रबु, याम्फु राई र मिक्सा हाङमा लिम्बू रहेका छन् ।

नयाँ कार्यसमितिका लागि तीन सदस्यीय निर्वाचन मण्डल थियो । जसमा अध्यक्ष कप्रसाद छन्त्याल, सचिव तेम्बे लिम्बू र माला राई थिए ।

महाधिवेशनले संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरी समसामयिक प्रस्ताव पारित गरेको छ । सहसचिब डम्बर खापुङले वाचन गरेको सांगठनिक प्रतिवेदन र सहकोषाध्यक्ष सन्त फावेनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन माथि सघन छलफलपछि पास गरिएको छ ।

२२औं वर्षको समयसम्म समाजप्रति दिएको योगदानलाई मध्यनजर गर्दै समाजसेवी डम्मर सिंगक लिम्बूलाई संस्थाका संस्थापकदेखि पूर्वअध्यक्षहरुले लाइफ टाइम एचिभमेन्ट सम्मानपत्रले सम्मान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!