नेपाली मिडिया सोसाईटी यूके गठन, अध्यक्षमा किरण राई चयन

SHARE:

लन्डन ९ जून २०२५ । बेलायतमा बसोवास गरी डिजिटल मिडियामा क्रियाशील मिडियाकर्मीहरूले नेपाली मिडिया सोसाईटी यूके गठन गरेका छन् । समय र बढ्दो आधुनिकतासँगै डिजिटल मिडियाको प्रभाव क्रमश: बढेर गइरहेको सन्दर्भमा सञ्चारकर्ममा अझ विश्वसनीय, जिम्मेवार र व्यवसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै आइतबार लन्डनको हेरोमा सम्पन्न भएको डिजिटल मिडियामा संलग्नता र आबद्व भएकाहरुको एक भेलाले नेपाली मिडिया सोसाईटी यूके गठन गरेको हो ।

बेलायतमा नेपालीहरूको सघन बसोबासमा वृद्वि भइरहेको अवस्थामा डिजिटल मिडियालगायत माध्यमबाट नेपाली भाषा, धर्म, संस्कार संस्कृति र कुनै न कुनै रूपमा मातृ देशसँग जोड्ने उद्देश्यसहित सामाजिक दायित्व पुरा गर्ने लक्ष्य राखेको छ । नेपाली मिडिया सोसाईटी यूकेले डिजिटल मिडियामा पत्रकारितालाई अझ परिस्कृत गर्दै विकास गर्ने लक्ष्य पनि राखेको छ ।

भेलाले नेपाली मिडिया सोसाईटीको अध्यक्षमा किरण राईलाई चयन गरेको छ । उपाध्यक्षमा सरोजजंग थापा र विनोद राई चयन भएका छन् । महासचिवमा भने तेजकुमार माबो चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा रन्जीत राई निर्वाचित भएका छन् । सदस्यहरूमा उदय राई, निरन क्षेत्री, रोशन लिम्बू, नविना राई र सुमन लिम्बू चयन भएका छन् । भेलाले नेपाली मिडिया सोसाइटीको सल्लाहकारमा जसराज चेम्जोङ र गंगा रानालाई सल्लाहकारमा राखेको छ ।

सोसाईटीले यसै वर्ष अधिवेशन गर्ने लक्ष्यसमेत राखेको छ । संस्थालाई गतिशील र चलायनमान बनाउन तत्कालै विधान र कार्ययोजनासमेत बनाउने भएको छ ।

गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता गरी संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन,मल्टिमिडियालगायत डिजिटल पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको छ ।

नेपाली मिडिया सोसाइटी यूकेमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्ध गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहितासमेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!