लन्डन १३ जून २०२५ । मगर संघ यूकेले कलाकारहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
१७ औं नेपाली ओपन कन्सर्ट र अन्य कार्यक्रमका लागि बेलायत आएका कलाकार अन्जु पन्तु, खेम सेन्चुरी, प्रसाद खप्तरी मगर, देवी आलेमगर, बिजय ठाडामगर, प्रेम विवश घर्ती मगरलगायतलाई मगर भवनमा बिहीबार एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको हो । कलाकारहरुलाई मगर संघ यूकेका अध्यक्ष लालबहादुर (लालु) पुन मगर, निवर्तमान अध्यक्ष सीता पुनमगर, पूर्वअध्यक्ष सुनिल राना, ट्रस्टीहरु क्याप्टेन तम धेगा मगर, तोप पल्ली मगरलगायतले खादाद्वारा सम्मान गरे ।
अध्यक्ष लालुले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन आएका कलाकारहरुलाई स्वागत, धन्यवाद र बधाई तथा शुभकामना दिए । उनले कलाकारहरुको आगामी सांगीतिक यात्राको लागि उत्तरोत्तर प्रगति, निरन्तरता र नयाँ नयाँ उपलब्धिका लागि शुभकामना व्यक्त गरे ।
अध्यक्ष पुनले शनिबारको नेपाली ओपन कन्सर्टमार्फत नेपाली कला र संगीतलाई अझ उच्च स्थानमा पुर्याउने र दर्शकको मन जित्ने आश व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रम महासचिव गोमन पुनले सञ्चालन गरेका थिए ।
शनिबार फानबोरोस्थित रग्बी फुटबल क्लबमा हुने ओपन कन्सर्टका लागि खेम सेन्चुरी, अन्जु पन्त, विजय ठाडामगर बुधबार राति बेलायत आइपुगेका हुन् । देवी आले, प्रसाद खप्तरीलगायत कलाकार यसअघि नै बेलायत आएका थिए ।
स्वागत कार्यक्रममा मगर संघ हंगकंग का पुर्व अध्यक्ष चन्द्रज्योति आले मगरलाई पनि मगर भवनमा स्वागत गरिएको छ।
त
तस्बिर सौजन्य : गोमा राना






