मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

SHARE:

काठमाडौँ १३ जून २०२५ । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गर्नुभएसँगै निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।”

पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!