नेपाली ओपन कन्सर्टमा बेलायतवासी नेपालीहरु नेपाली गीत तथा संगीतमा झुमे

SHARE:

 

सनिवार १४ जुन २०२५ बेलायत। मगर संघ युकेद्वारा आयोजित नेपाली ओपन कन्सर्टमा बेलायतवासी नेपालीहरु नेपाली गीत तथा संगीतमा झुमेका छन्। ओपन कन्सर्ट बेलायतको फार्नबोरोस्थित रग्बी फुटबल कलबमा आयोजना गरिएको थियो ।

नेपाली ओपन कन्सर्टमा मगर संघ युकेको निमन्त्रणामा नेपालबाट बेलायत आएका नेपाली लोकप्रिय कलाकारहरु अन्जु पन्त, खेम सेन्चुरी र विजय ठाडा मगरले आ-आफ्नो सांगीतिक धमाका पस्केका छन्।

त्यस्तै नेपालबाट बेलायत आएका अन्य कलाकारहरु सन्तोष पुन मगर, कालिका रोका मगर, पबित्र गुरुङ, शृष्टि पुन मगर, प्रसाद खाप्तरी मगर, रमिला बुढा मगर र देबी आले मगरलगायत स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला बेजोड तरिकाले प्रस्तुत गरेका छन्।

मगर संघ युकेका सांस्कृतिक सचिब नुनु पाइजाको नेतृत्वमा सम्पन्न नेपाली ओपन कन्सर्टलाई पवन राना मगर र स्वरुपा थापा मगरले संचालन गरेका छन्।

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले अध्यक्षता गरेको नेपाली ओपन कन्सर्टको प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिब उद्धब न्यौपाने थिए भने अन्य अतिथिहरुमा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत नेपाली राजदुतावासका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष तथा ओपन कन्सर्टका प्रमुख संयोजक रुद्र थापा मगरले स्वागत मन्तब्य दिएका छन् भने महासचिब गोमन पुन मगरले संचालन गरेका छन् ।

मगर संघ युकेले कार्यक्रमको अन्त्यमा नेपालवाट आमन्त्रण गरेका कलाकारहरुलाई बिदाई गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!