राप्रपाका नेता रवीन्द्र मिश्र तीन लाख धरौटी रिहा

SHARE:

काठमाडौँ १७ जून २०२५ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । आज सकिएको थुनछेक बहसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको उनले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रको आजै तीन लाख बुझाएका छन् । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!