मंगलवार १७ जुन २०२५ बेलायत। बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं सत्तारुढ नेकपा एमाले महासचिव शंकर पोखरेललाई नेपाली दूतावास लन्डनमा स्वागत गरेका छन् ।
महसचिब पोखरेल एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच युकेको अधिवेशनका लागि बेलायत आएका हुन्। पोखरेलले देश समृद्धितिर अगाडि बढिरहेको र बिभिन्न कारणले जति विकाश गर्न पर्ने हो त्यति विकाश गर्न नसकेको स्वीकार गरेका छन्।
पोखरेलले देशमा राजावादीहरुले राजा ल्याउछौं भन्नु दिवास्वप्नमात्र भएको उल्लेख गर्दै कुनै हालतमा राजतन्त्र ल्याउन नदिइने जिकिर गरेका छन् । उनले बेलायतको नेपाली डायस्पोरालाई नेपालमा लगानी लैजान र समृद्धिमा सहभागी हुन अपिल गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै राजदूत चन्द्रकुमार घिमिरेले नेपालको राजनीतिक उपलब्धिको सुदृढीकरण र संवर्धन गर्दै जान सके देश समृद्ध हुने बताए । उनले देश विकासमा डायस्पोराको भूमिका महत्वपूर्ण हुने पनि बताए ।
बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेले अध्यक्षता गरेको कार्यक्रममा महासचिब पोखरेल प्रमुख अतिथि थिए भने बेलायतमा स्थापित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






