अनेसासको छैटौं सम्मेलनको उद्घाटन समारोह भब्य रुपले सम्पन्न

SHARE:

सोमबार २३ जुन २०२५ वेल्जियम। अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) को छैटौं सम्मेलनको उद्घाटन समारोह भब्यरुपले सम्पन्न भएको छ। उद्‍घाटन समारोह वेल्जियमको लुकबाल शहरमा सम्पन्न भएको हो।

छैटौं सम्मेलनको पहिलो चरणमा कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका पुर्व अध्यक्ष तथा अनेसास सल्लाहकार जीवा लामिछाने, बोर्ड अफ ट्रष्टी (बिओटी) का सभापति पदम विश्वकर्मा, सांस्कृतिक सचिब महेश्वर पन्त, केन्द्रिय निवर्तवान अध्यक्ष गोवर्धन पूजा, उपाध्यक्ष अमेरिका सुदिप भद्र खनाल, बेल्जियम च्याप्टरका सल्लाहकार हरिहर अर्याल, एनआरएनएका अभियन्ताहरु, एनआरएनए वेल्जियमका अध्यक्ष सीता सापकोटा, बेल्जियममा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु लगायत अनेसासका क्षेत्रीय प्रतिनिधिहरुले सुभकामना मन्तब्य दिएका छन्।

अनेसासको अध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्षता गरेको सम्मेलनमा संस्थाको तर्फवाट उपाध्यक्ष लालगोपाल सुवेदी र बेल्जियम च्याप्टरका उपाध्यक्ष लोक नाथ शर्माले स्वागत मन्तब्य दिएका छन भने महासचिब गोपाल दाहालले कार्यक्रम संचालन गरेका छन्।

पहिलो चरणको अन्त्यमा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र वेल्जियम च्याप्टरका अध्यक्ष सौरब कारन्जितले छैटौं सम्मेलनको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न गराईदिने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिएका छन्।

कार्यक्रमको पहिलो चरणमा विश्वभरवाट बेल्जियममा उपस्थित भएका बिभिन्न साहित्यिक, सामाजिक, राजनीतिक र ब्यबसायिक संघ-संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको छ।

उद्घाटन समरोहको दोस्रो चरणमा अनेसासका बेल्जियमका सल्लाहकार ब्रम्हदत्त वाग्लेले वेल्जियममा स्थापित बिभिन्न संघ संस्थाको वारेमा प्रकाश पारेका छन् भने साहित्यकार पन्चम अधिकारीले साहित्यिक हाजिरी जवाफ प्रतियोगिता संचालन गरेका छन्। साहित्यिक हाजिरी जवाफ प्रतियोगितामा गोवर्धन पूजा (जोक्कर) बिजयी घोषित भएका छन। उनले $१०० पुरस्कार प्राप्त गरेका छन। उक्त पुरस्कार बिओटी का अध्यक्ष पदम विश्वकर्माले प्रायोजक गरेका छन् भने अनेसासको वाल समिति संयोजक सुरेन उप्रेती (काले) उपविजेता भई २ वटा पुस्तक पुरस्कार स्वरुप प्राप्त गरेका छन्।

उद्घाटन समारोहको तेस्रो चरणमा साहित्यकारहरु प्रतिमा केसी, गङ्गा भण्डारी, शारदा पौडेल (निशा) प्रतिक रावल, राजेश सापकोटा, नारायण अधिकारी, राज श्रेष्ठ, नेत्र बन्धु पोख्रेल, मित्रलाल पार्दी, चिम्खोले काईला, सुदिप भद्र खनाल, सुरेन उप्रेती, सुसन वर्देवा, एनबी अन्जान, प्रकाश खड्काले गजल, मुक्तक र कविता वाचन गरेका छन्।

त्यस्तै हरिमाया अधिकारी खतिवडा, सुसन वर्देवा, खड्ग न्यौपाने र महेश्वर पन्तले आ-आफ्नो गजल प्रस्तुत गरेर उपस्थित साहित्यकारहरुलाई मन्त्रमुग्ध बनाएका छन् भने प्रकाश खड्काले सांस्कृतिक कार्यक्रम संचालन गरेका छन्।

     

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!