अनेसासको छैटौं सम्मेलनको च्याप्टर प्रतिवेदन भब्यरुपले सम्पन्न

SHARE:

 

चिम्खोले काईला – वेल्जियम

मंगलवार २४ जुन २०२५ वेल्जियम। अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) को छैटौं सम्मेलनको च्याप्टर प्रतिवेदन भब्यरुपले  वेल्जियमको लक्बाल शहरमा सम्पन्न भएको छ।

च्याप्टर प्रतिवेदनको पहिलो चरणमा च्याप्टर प्रतिवेदनको पहिलो चरणमा अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी (बिओटी) का सभापति पदम विश्वकर्माले शुभकामना मन्तब्य दिएका छन्।

च्याप्टर प्रतिवेदनको दोस्रो चरणमा अनेसास क्यानडाका संस्थापक अध्यक्ष तथा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीलाई “अनेसास हिरो” पुरस्कार प्रदान गरिएको छ । उक्त “अनेसास हिरो” पुरस्कार अमेरिकन १६०० डलर हुनेछभन्ने जानकारी “अनेसास हिरो” उप्रेतीले जानकारी दिएका छन।

च्याप्टर प्रतिवेदनको चौथो चरणमा अनेसासका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीद्वारा लिखित “युरोपका नेपाली स्रष्टा” पुस्तकलगायत दर्जन जति साहित्यकारहरुको पुस्तक संस्थाका अध्यक्ष सर्वज्ञ वाग्लेले विमोचन गरेका छन्।

च्याप्टर प्रतिवेदनको चौथो चरणमा अनेसासका च्याप्टरहरुको प्रतिवेदनहरु बिश्वभरीबाट सम्म्मेलनमा सहभागी मुलुकका अध्यक्ष तथा उनका प्रतिनिधिहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदन प्रस्तुत गर्ने च्याप्टरहरुमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, बोर्ड अफ ट्रष्टी, फ्रान्स, नोर्थ करोलाना, नोर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन,पोल्याण्ड, जोर्जिया, नेब्रास्का, युरोपलगायत बिभिन्न मुक्लुकहरुले प्रस्तुत गरेका छन्।

च्याप्टर प्रतिवेदनको चौथो चरणमा अनेसास “भारतमा नेपाली साहित्य” भन्ने बिषयमा चर्चापरिचर्चा गरिएको छ। भारतमा नेपाली साहित्य चर्चापरिचर्चा भन्ने बिषयमा डा. प्राध्यापक कविता लामा, प्राध्यापक पुष्पा शर्मा र नारायण अधिकारीले उक्त बिषयको चिरफार गरेका छन। उक्त बिषयको सहजीकरण प्राध्यापक उषा शर्माले गरेका छन्।

कार्यक्रम्मको अन्त्यतिर अनेसासको “हिजो आज र भोलि” भन्ने कार्यपत्र अनेसासको निवर्तमान गोबर्द्धन पूजा र पन्चम अधिकारीले प्रस्तुत गरेका छन्।

कार्यक्रमको अन्त्यमा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेले यस कार्यक्रम सफलतापुर्वक सम्पन्न गराईदिनुहुने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद दिएका छन्।

अनेसासको अध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्षता गरेको च्याप्टर प्रतिवेदनको कार्यक्रमलाई सुदिप अमेरिकाका उपाध्यक्ष भद्र खनाल र युरोपको उपाध्यक्ष दिल्ली आममाइले कार्यक्रम संचालन गरेका छन्।

कार्यक्रमको अन्त्यमा आनट्रप शहरमा खानपिन समारोहमा उपस्थित साहित्यकारहरुले आ-आफ्नो कविता, गजल, मुक्तकलगायत बिभिन्न विधाका साहित्यिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् भने उक्त कार्यक्रम सुसन परिवारले संचालन गरेका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!