३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

SHARE:

काठमाडौँ २५ जून २०२५ । विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी राखेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छुटेका छन् ।

पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणको उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार भएको थुनछेक बहसपछि अदालतले तोकेको ३५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राखेर उनी रिहा भएको बिशेष अदालतले जनाएको छ ।

आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । उक्त मुद्दामा बुधबार भएको थुनछेक बहसपछि न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो ।

पतञ्जली प्रकरणमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!