अनेसासको विश्व साहित्यिक यात्रा सम्पन्न

SHARE:

बिहिवार २६ जुन २०२५ – बेल्जियम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको विश्व साहित्यिक यात्रा सम्पन्न भएको छ। विश्व साहित्यिक यात्रा बेल्जियमको आनट्रपन शहरदेखि नेडरल्यान्डको आम्सटरडम शहरसम्म र आम्सटरडम शहरदेखि आनट्रपन शहरसम्म सम्पन्न भएको छ।

उक्त साहित्यिक यात्रामा विश्वका बिभिन्न मुलुकवाट छैटौं सम्मेलनमा सहभागी साहित्यकारहरुको उपस्थिति रहेको छ। विश्व साहित्य भ्रमणमा निस्केका साहित्यकारहरुले साहित्यको बिभिन्न बिधाहरु जस्तै: कविता, हाइकु, मुक्तक, गजल, लोक गीत तथा आधुनिक गीतहरु वाचन गर्दै साहित्य भ्रमण पुरा गरेका छन् ।

दुइ देशको तिन शहरहरु जस्तै: बेल्जियमको आनट्रपन, हल्याण्डको आम्सटरडम, रोटरडम र सामुन्द्रिक डुङ्गामा साहित्य यात्रा गरेको छ। यस्ता खालको साहित्यिक गतिविधि पस्केको अनेसासका लागि सम्भवत पहिलोको अवसर हुन् सक्छ ।

उक्त विश्व साहित्य यात्रा गर्नको मुख्य उद्धेश्य नेपाली साहित्यलाइ संरक्षण र सम्वर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न रहेको छ।

अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेको नेतृत्वमा निस्केको साहित्यिक यात्राको सम्पूर्ण कुराको वन्दवस्त अनेसासका बेल्जियम च्याप्टरका अध्यक्ष सौरब काररंजीतले मिलाएका थिए भने अनेसास हल्याण्डका अध्यक्ष सूर्य गिरीले भ्रमणमा निस्केका साहित्यकारहरुलाई खाजाको वन्दबस्त गरेका छन्।

यात्रामा बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गोवर्द्धन पुजा, सिक्किमबाट सम्मेलनमा सहभागी प्राध्यापक डा. कबिता लामा, प्रोफेसर पुष्पा शर्मा, प्रोफेसर उषा शर्मा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, बिभिन्न देशका च्याप्टरका अध्यक्षहरुलगायत झन्डै ५ दर्जन साहित्यकारहरुको उपस्थिति रहेको छ।

     

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!