एनबी अन्जानले 12mm (1/2 inch) को हाइकु संग्रह पुस्तकवाट एउटा हाइकु वाचन गरे

SHARE:

 

शुक्रवार २७ जुन २०२५ – बेल्जियम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको विश्व साहित्यिक यात्रामा अनेसास पोर्चुगल च्याप्टरका अध्यक्ष एनबी (अन्जान) ले 12mm (1/2 inch) को हाइकु संग्रह पुस्तकवाट एउटा हाइकु वाचन गरेका छन् ।

उक्त हाइकु एनबी अन्जानले वेल्जियमको ब्रसल शहरस्थित युरोपियन युनियनको संसद भवन अगाडी वाचन गरेका हुन्।

आइतवार २२ जुन २०२५ देखि शुरु भएको साहित्यिक यात्रा बेल्जियमको आनट्रपन, लक्वाल, नेडरल्यान्डको आम्सटरडम र वेल्जियमको ब्रसल  हुदै अन्त्यमा
आनट्रपन शहरमा आएर शुक्रवार २७ जुन २०२५ का दिनको बेलुकी समापन भएको छ।

उक्त साहित्यिक यात्रामा विश्वका बिभिन्न मुलुकवाट छैटौं सम्मेलनमा सहभागी साहित्यकारहरुको उपस्थिति रहेको छ। विश्व साहित्य भ्रमणमा निस्केका साहित्यकारहरुले साहित्यको बिभिन्न बिधाहरु जस्तै: कविता, हाइकु, मुक्तक, गजल, लोक गीत वाचन गर्दै तथा गजल र आधुनिक गीतहरु पस्कदै साहित्यिक यात्रा पुरा गरेका हुन् ।

दुइ देशको तिन शहरहरु जस्तै: बेल्जियमको आनट्रपन, लक्वाल, ब्रसल, हल्याण्डको आम्सटरडम, रोटरडम जस्ता शहरहरुमा कोच र सामुन्द्रिक डुङ्गामा साहित्यक यात्रा गरेको छ। यस्ता खालको साहित्यिक गतिविधि पस्केको अनेसासका लागि सम्भवत पहिलोको अवसर हुन् सक्छ ।

साहित्यिक यात्रामा संस्थाका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गोवर्द्धन पुजा, सिक्किमबाट सम्मेलनमा सहभागी प्राध्यापक डा. कबिता लामा, प्रोफेसर पुष्पा शर्मा, प्रोफेसर उषा शर्मा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, च्याप्टर सम्मेलनका संयोजक तथा वेल्जियम च्याप्टरका अध्यक्ष सौरब काररंजीत बिभिन्न देशका च्याप्टरका अध्यक्षहरुलगायत झन्डै ५ दर्जन साहित्यकारहरुको उपस्थिति रहेको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!