ताङतिङ सम्माज यूकेद्वारा पूर्व मन्त्री तथा पाहुनाहरुको स्वागत तथा सम्मानमा रात्रीभोज सम्पन्न

SHARE:

तर्क जंग गुरुङ – बेलायत।

ताङतिङ समाज यूकेले बुधवार २७ अगष्ट २०२५ को दिन बेलायतको स्याफ्रन वाल्डेनस्थित अवार्ड प्राप्त मोगुल इन्डियन रेस्टुरेन्टमा पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर (श्याम) गुरुङ र कास्की जिल्लाको ताङतिङ गाउँबाट हालै बेलायत भ्रमणमा आएका अन्य पाहुनाहरुको स्वागत तथा सम्मानमा रात्रीभोजको आयोजना गरेको छ ।

यस कार्यक्रमले सांस्कृतिक सम्बन्ध मजबुत पार्ने, अनुभव आदानप्रदान गर्ने र यूकेस्थित प्रवासी नेपालीहरू र आफ्नो मूल गाउँबीचको सम्बन्ध थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ ।

ताङतिङ गाउँ, मादी गाउँपालिका वडा नम्बर २, कास्कीमा अवस्थित, प्रमुख रूपमा गुरुङ समुदायको बसोबास रहेको सांस्कृतिक सम्पदाले भरिपूर्ण गाउँ हो।

हालका दिनहरुमा यस गाउँ पर्यटकीय हिसाबले पनि निकै प्रख्यात बन्दै गएको छ, जहाँ क्रपु डाँडाबाट देखिने मनोरम हिमालयका दृश्यहरू र ऐतिहासिक भूमि कोल्हा सोथर जस्ता गुरुङ जातिको उत्पत्तिसँग सम्बन्धित पुरातात्त्विक स्थलहरू प्रमुख यस गाउँको आकर्षणको केन्द्र बनेका छन्।

अतिथिहरुको आसनबाट पूर्वमन्त्रि तथा सांसद बेदबहादुर (श्याम), संस्थाका पुर्वमहासचिब दुर्गा बहादुर गुरुङ, नायिका तथा गायिका सबिना गुरुङ, नेपाल स्टार बिजेता एलिना गुरुङ, मादी गाऊँपालिका २ ताङतिङका संस्थापक अध्यक्ष एकाजंग गुरुङ र ताङतिङ समाज यूकेको तर्फबाट समाजका संस्थापक अध्यक्ष क्या. (रि) गौबहादुर गुरुङ तथा समाजका अध्यक्ष तर्क जंग गुरुङले मन्तब्य राख्नु भएको थिय।

कायक्रममा समाजका निवर्तवान अध्यक्ष तथा काउन्सिलर लक्ष बहादुर गुरुङ, पुर्वअध्यक्ष तथा बिजीनेसा युकेका अध्यक्ष केश बहादुर गुरुङ, पर्यटन ब्याबसायी कुमानसिङ (गणेश), राधा गुरुङ, पुर्वशिक्षक तथा पैडी जस बहादुर गुरुङ, फूलमाया गुरुङलगायत समाजका दर्जनौं सदस्यहरुको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!