पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

नगेन्द्रराज नेम्वाङ
अल्डरसट । पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २७ अक्टोबरका दिन अल्डरटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

बैठकमा समाजका महासचिव खुशीमान तावा लिम्बूले संस्थाको वार्षिक र कोषाध्यक्ष कैलाश काम्वाङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यस्तै, समाजले आयोजना गरेको एघारौं पाँचथर कप फुटबल प्रतियोगिताको समेत आयव्यय प्रस्तुत् गरिएको थियो ।
बेलायतमा बसोवास गर्ने पाँचथरवासीहरुको बाक्लो उपस्थिति रहेको साधारणसभाले संस्थाको स्मारिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । जसको जिम्मेवारी समाजका अग्रज कृष्णकुमार हेम्ब्यालाई दिइएको छ । त्यस्तै, दिल सम्वाहाङफेले संस्थाको विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई उपस्थित सल्लाहकार र सदस्यहरुले व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेका थिए ।

त्यस्तै, साधारणसभामा पाँचौं अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष दिल सम्वाहाङ्फेले प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्माणाधीन अवस्थामा रहेकोे पाँचथर जिल्ला सिरिसे विद्यालय भवन पूरा गर्न आगामी डिसेम्बरमा महासचिवद्वारा च्यारिटी कार्यक्रम आयोजना गर्ने महासचिवले लिम्बू जानकारी दिए । सो कार्यक्रममा गायिका अमृता सम्बाहाङफेको समेत विशेष उपस्थिति रहने जानकारी गराउँदै युकेमा रहेका पाँचथरवासीहरुलाई उपस्थितिका लागि महासचिव खुशीमान तावाले अनुरोध गरे ।

साधारणसभामा बुद्धिजीवी कृष्णकुमार हेम्ब्या, दिल सम्वाहाङफे, सल्लाहकारहरु रकमसिं बेघा, धन कामवाङ्ग, सुवर्ण नेम्वाङ्ग, लिला सेलिङ माबो, कुलप्रसाद योङयालगायतको उपस्थिति रहेको थियो । आगामी २०१९ मा खेलाउन लागिएको पाँचथर कपको पुरस्कार प्रायोजनका लागि पाँचथर कप संयोजक टेक माबोले अनुरोध गरेकोमा समाजका सल्लाहकार तथा सदस्यहरुले उत्सुकताका साथ प्रायोजन गर्ने बताए ।

पाँचथर कप र पाँचथर समाज सेवा सफलतापूर्वक सञ्चालन भएको खुशीयालीमा अध्यक्ष चन्द्र सुन्दासले सो साधारणसभाको जलपान प्रायोजन गरेका थिए । त्यस्तै, विधान संशोधन सफलतापूर्वक सम्पन्न भएकोमा विधान संयोजक दिल सम्वाहाङफेलाई अध्यक्ष चन्द्र सुन्दासले खादा ओढाई सम्मान गरे ।

समाजका अध्यक्ष चन्द्र सुन्दासको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष नगेन्द्र राज नेम्वाङले स्वागत मन्तब्य दिएका दिएका थिए भने महासचिव खुशीमान तावा लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!