हस्तकुमार र नेत्रकुमारी गर्बुजा मगरको स्मृतिमा बन्यो चिमखोलामा प्रतिक्षालय

SHARE:

म्याग्दी २३ जनवरी २०२६ । हस्तकुमार गर्बुजा मगर र नेत्रकुमारी गर्बुजा मगरको स्मृतिमा म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोला अमिल्छेमा प्रतिक्षालय निर्माण गरिएको छ ।

हस्तकुमार र नेत्रकुमारीका छोरी मेगोमी गर्बुजा मगर र छोरा लिन्कन गर्बुजा मगरले उनका स्वर्गीय पिता हस्त कुमार गर्बुजा र माता नेत्र कुमारी गर्बुजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरिदिएका हुन् । गर्बुजा परिवारले निर्माण गरिएको प्रतिक्षालयले स्थानीय र अन्य नागरिकलाई सवारी साधनको प्रतिक्षा गर्न तथा आराम लिन सहज हुने विश्वास लिइएको छ ।

हस्तकुमार र नेत्रकुमारी दम्पतीको २०७६ माघमा ललितपुर-१४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका बेला निसासिएर मृत्यु भएको थियो । मृतक हस्त गर्बुजा मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए । म्याग्दी चिमखोला स्थायी घर भएका दम्पती लामो समय ललितपुरको नखीपोटमा बस्दै आएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!