नेपालमा लगानी गर्न फ्रान्सेली ब्यबसायीहरुलाई प्रधानमन्त्रीको आग्रह

SHARE:

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली ब्यबसायीहरुलाई लगानी गर्न आग्रह गरेका छन् । बुधबार फ्रान्सका ब्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले ओलीले नेपालमा राजनीतिक स्थायित्वका साथै कानुनी जटिलताको अन्त्य भएको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।

बेलायतको तीन दिने भम्रण सकेर भूमिगत रेल चढेर बुधबार दिउँसो पेरिस पुगेका प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघका अधिकारीहरुसँग छलफल गरेका थिए ।

राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, सम्भावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनोट आदि कारण नेपालमा लगानीमैत्री वातावरण रहेको प्रधानमन्त्रीले बताएका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएका छन् । फ्रान्सस्थित नेपाली दूतावासले समेत एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली कम्पनीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!