बीसीसी युकेले २५६२ औं बुद्ध जयन्ती मनायो

SHARE:

एटा सम्वाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर युकेले विविध कार्यक्रमका साथ २५६२ औं बुद्ध जयन्ती मनाएको छ । गत आइतबार २९ अप्रिलका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बिहान पूजा अराधना गरिएको थियो भने दिउँसो अल्डरसटस्थित एम्पायर हलमा औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

बौद्ध धर्मगुरु छिमे रिन्पोछेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय रसमुर बरो काउन्सिलकी मेयर सोफिया चौधरी, नेपाली राजदूतावास लण्डनका द्धितिय अधिकृत लब सुवेदी, काउन्सिर डेविड क्लिफोर्डलगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रिन्पोछेले बुद्ध धर्मको बारेमा प्रवचन दिएका थिए भने बीसीसी आमा समूह मोलम पढेर सुनाएका थिए । त्यस्तै बीसीसी युकेका पूर्वअध्यक्ष ले.रि.काजी शेर्पाले बौद्ध धर्मग्रन्थ प्रज्ञा परमिता (युमपति)लाई नेपालीमा अनुवाद गर्नका करीब ४ बर्ष लाग्ने र सो अनुवादका लागि आर्थिक सहयोग गर्न अनुरोध गरे । संस्थाले सफलतापूर्वक दस वर्ष पार गरेको अवसरमा आयोजित कार्यक्रममा बीसीसी युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङले हालसम्म संस्थाले गरेका विभिन्न कार्य र प्रगतिको बारेमा जानकारी दिदै प्रमुख अतिथिलगायत सबै आगन्तुक, कार्यसमिति, आमा समूह, संघसंस्थालगायत सबै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बीसीसी युकेका सल्लाहकार मेजर रि. खुशीमान गुरुङले हालै ट्रष्टी बनेका सदस्यहरु र भोजन दान गर्ने दाताहरुलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए । त्यस्तै, बीसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले बीसीसी युकेले तल थप गर्न लागिएको बताउँदै त्यसका लागि निःशुल्क व्याजमा ऋण सापट दिन अनुरोध गरे । सोही क्रममा विभिन्न सहयोगदाताहरुले निःशुल्क व्याजमा ३० हजार पाउन्ड ऋण दिने वचन दिएका थिए ।

धर्मगुरु छिमे रिन्पोछेलाई सोही दिनको बिहान बीसीसी परिवारले गुम्बामा भव्य स्वागत गरिएपश्चात् आमा समूहले प्रार्थना गरेका थिए भने धर्मगुरुहरुले सम्पूर्ण प्राणीहरुको कल्याण र चिरआयुको पूजा गरेका थिए । त्यस्तै, संस्थाका लाइवेरियन मेम्बर हरिमान गुरुङले एयर बंगलामा निधन भएका १२ जना डाक्टरहरुको आत्माको चीर शान्तिकमा लागि १०८ वटा बत्ती बालेका थिए । बीसीसी युकेका अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङको अध्यक्षता र उपाध्यक्ष धर्म तामाङ्गको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष धर्म तामाङ्गले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव गोविन्द गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!