काँडाको कविता [कविता]

SHARE:

अक्सर फूल मन पराउँछ मान्छे
मन पराउँदैन काँडा
अपशोच !
म मन पराउँछु काडाँ
काँडाकै बिच बाट
फक्रिरहेका छन फूलका जवानी ।

एउटी नवयौवना
टपक्क टिप्छे फूल
सिउरन्छे चुल्ठोमा
लजाए झै गरी
टोक्छे औला
सँगै रहेको उसको प्रेमी मुसुक्क हाँस्छ
अहो ! कति असुरक्षित छ फूलको जीवन ?
बैसालु हाँसो हास्ँनै नपाई
जवानीको खुसी साट्नै नपाई
मृत्युवरण गर्न विवश हुन्छे ।

म चुँड्दिन फूल
फूलको आफ्नै जीवन हुन्छ
म बाँचिरहेको धरातल
मैले हिड्ने गोहो
सृष्टिको सुन्दर फूल जस्तै त हो
जहाँ वेली चमेली फूलहरु
जाइ जुही फूलहरु
जीवन संघर्ष गरिरहेका हुन्छन
सुरक्षित परागसेचित हुन
झुसिल्किरा सँग आत्मरक्षाको लडाइ लड्दै ।

फूलको कोमलता लुटिरहेछन अधर्मी मान्छे
फूललाई निहत्था देखी
काँडा तिमी फूलको रक्षा कवच बन
फूलहरुको जीवन रक्षाका लागि
सायद फूलहरु मुस्कुराउलान
तिम्रो सदाशयता प्रति ।

म काँडाकै बिचमा उभ्भिएको छु
जीवनको रोटी बेल्न
मेरो पनि त आफ्नै जीवन संघर्ष छ
बाँच्नकै लागि पटक पटक मरिएको छु म
मैले बचाउनु छ मेरो स्वाभिमान
लेख्नु छ जीवनको जीवन्त कथा
जसरी लेखिने छ
फूलहरुको अस्तित्वको कथा ।

फूल र काँडा
जीवन र मृत्यु
हाँसो र रोदन
जित र हार
घात र प्रतिघात
स्वभाविक ठान्छु मैले
द्वन्द्वात्मक भौतिकवादले
निर्दिष्ट गरिरहेछ जीवन
फूल पहरामा फुलि दिन्छ
म काँडाको कविता लेख्छु ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
kpchandra2023@gmail.com

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!