सगरमाथा गोर्खा/नेप्लिज कम्युनिटी आसफोर्ड केन्टको देउसीभैलो कार्यक्रम सम्पन्न

SHARE:

लन्डन । बेलायतमा सगरमाथा गोर्खा/नेप्लिज कम्युनिटी आसफोर्ड केन्टले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको छ।

शनिबार, २१ नोभेम्बर २०२६ मा सेन्ट सिमोन चर्च हलमा आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन संस्थाकी उपाध्यक्ष उमादेवी गुरुङले गरेकी थिइन्। उनलाई उपाध्यक्ष बिमला लिम्बूले सहयोग गरेकी थिइन्। बिहान १० बजेबाट तयारी सुरु गरिएको कार्यक्रम दिउँसो २ बजे सर्वसाधारणका लागि खुला गरिएको थियो।

कार्यक्रमको सुरुवात गजेन्द्र राई एमसी र उनको टोलीको नेतृत्वमा सांस्कृतिक खेलहरूबाट गरिएको थियो। साँझ ६:३० बजे संस्थाका मुख्य समिति अध्यक्ष मोहन लिम्बू, युवा समिति अध्यक्ष सुरेन्द्र लिम्बू र महिला समितिकी प्रमुख उपाध्यक्ष रोमा परियारले दीप प्रज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए। रोमा परियारले महिला समिति अध्यक्ष प्रेमकुमारी गुरुङको प्रतिनिधित्व गरेकी थिइन्।

कार्यक्रममा प्रमुख उपाध्यक्ष चिरन राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक उमादेवी गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन्।

मुख्य समिति अध्यक्ष मोहन लिम्बूले तिहारको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, सहयोगी तथा सहभागी सबैलाई धन्यवाद दिएका थिए।

संस्थाका महासचिव रामप्रसाद लिम्बूले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए। त्यसपछि सहायक सांस्कृतिक सचिव पर्वत राई र उनको टोलीले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो।

कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकार दीपा सुहाङ र लक्ष्मण लिम्बूसहित स्थानीय कलाकार तथा समुदायका सदस्यहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। अतिथि कलाकारद्वयलाई समुदायका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

राति ११ बजे सम्पन्न कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनसँगै समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि भएको आयोजकले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!