बेलायतमा २५ नोभेम्बरमा ‘फुल मुन मेडिटेसन’ कार्यक्रम हुँदै

SHARE:

फार्नबरो । बेलायतमा पूर्णिमाको अवसर पारेर सामूहिक ध्यान कार्यक्रम आयोजना हुने भएको छ। ‘फुल मुन मेडिटेसन’ नाम दिइएको उक्त कार्यक्रम नोभेम्बर २५ बुधबार साँझ ९ बजे फार्नबरोस्थित गोर्खा भवनमा हुने आकाश हिलिङ प्राक्टिसनर लेभल ३ का प्रशिक्षक एवं सञ्चारकर्मी प्रकाश गुरुङले जनाएका छन् ।

‘लुनार इनर्जी एन्ड लेटिङ गो’ अर्थात् चन्द्र ऊर्जासँग जोडिएर मानसिक तनाव र नकारात्मक भावनालाई त्याग्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागीहरूलाई १० मिनेट सामूहिक ध्यान गराइनेछ।

आकाश हिलिङ प्राक्टिसनर लेभल ३ का प्रशिक्षक प्रकाश गुरुङले सहजीकरण गर्ने कार्यक्रममा सबैलाई सहभागी हुन खुला गरिएको छ। ध्यानका लागि सहभागीहरूलाई न्यानो कपडा लगाएर आउन आयोजकले आग्रह गरेको छ। थप जानकारीका लागि प्रशिक्षक प्रकाश गुरुङलाई ०७८७८६८५२४७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!