बेलायतमा युद्धकवि नरेश काङमाङ राईको एकल कविता वाचन, डेढ सय साहित्यप्रेमी सहभागी

SHARE:

बेलायत, आस्फोर्ड । २२ नोभेम्बर २०२६ मा भएको युद्धकवि नरेश काङमाङ राईको एकल कविता वाचनमा डेढ सय साहित्यप्रेमीले लिए काव्यिक आनन्द । युद्धकवि नरेश काङमाङ राईको एकल कविता वाचन कार्यक्रम आइतबार, २२ नोभेम्बर २०२६ का दिन बेलायतको केन्टस्थित आशफोर्डमा भव्य रूपमा सम्पन्न भएको छ ।

इकोज अफ पर्वत पोडकास्टको आयोजनामा गोडिन्टन भिलेज हलमा सम्पन्न उक्त कार्यक्रममा करिब डेढ सय साहित्यप्रेमी तथा दर्शकहरूको उपस्थिति रहेको थियो। प्रस्तोता कवि निर्भिक रायमाझीले सम्हालेका थिए । कार्यक्रम तीन चरणमा संचालित गरिएको थियो ।

पहिलो चरणमा उहाँका रोजा कविता , दोश्रोमा १२ जना कविहरूले उहाँको दस कविता वाचन र तेस्रो चरणमा कविले युद्ध कविता प्रस्तुत गरेका थिए । दुई घण्टासम्म चलेको कार्यक्रममा कवि नरेश कामाङ राईले दुई दर्जनभन्दा बढी कविता वाचन गरेका थिए । उनका कवितामा जीवनका विविध अनुभूति, युद्ध, मानवीय संवेदना र भावनात्मक पक्षहरू अभिव्यक्त भएका थिए । कविता वाचनका क्रममा कतिपय श्रोता भावुक बनेर आँसु रसाएको दृश्यसमेत देखिएको थियो।

कार्यक्रममा उहाँका दस कविता वाचन गर्ने कविहरूमा: जीवन तिवारी, प्रयास दुमी राई, सुष्मा रूपाबुङ, अपिजसे कान्छा, खुपेन सुनुवार, शान्ती लिम्बू, विमला सेने, डा. सुमाया राई, विजय हितान, गोपी सापकोटा, केदार सङ्केत र गणेश राईले कविता प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा उपस्थित हुन नसकेका कवि जगत नवोदितले पठाएको कवि नरेश उपर रचित पोर्टेट कविता कार्यक्रमका प्रस्तोता निर्भिक जङ्ग रायमाझीले वाचन गरेका थिए ।

नेपाली भाषा, साहित्य र सिर्जनात्मक अभिव्यक्तिलाई प्रवासमा निरन्तरता दिने उद्देश्यले आयोजित यस कार्यक्रमले बेलायतको नेपाली साहित्यिक परिवेशमा एउटा अर्थपूर्ण साहित्यिक जमघटको रूप लिएको थियो । कवि राईको एकल कविता वाचनसँगै अन्य कविहरूको सिर्जनात्मक सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो ।

कार्यक्रमका प्रायोजकहरूमा साहित्यसङलो, पिपल मोर्गेज,ह्यारो बबल टी,गोर्खा भिल्ला, बुद्ध मोर्गेज, काठमाडौं ज्वेलर्स (आसफोर्ड, केन्ट), र फ्लेमिङ चिकेनलगायत रहेका थिए।

प्रवासमा नेपाली कविता र साहित्यप्रतिको आकर्षण तथा पाठक श्रोताको बढ्दो सहभागिताले बेलायतका डायस्पोरा नेपाली साहित्यले अर्को दर्हो एक काव्यिक दस्तावेज भनेका छन् । कार्यक्रमको अन्त्यमा मिस्ठान्न झाजाको पनि व्यवस्था गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!