तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती मनायो

SHARE:

लन्डन । तमु समाज युकेले शनिबार (२८ अप्रिल २०१८) का दिन २५६२औं बुद्ध जयन्ती भब्यताका साथ मनाएको छ ।

लन्डन वेम्ब्लीको बरहाम पार्कस्थित तमु समाज युके नेपालिज कम्युनिटी सेन्टरमा लामा गुरुहरुबाट पूजापाठ गरी शान्तिका अग्रदूत, एशियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म जयन्ती मनाइएको हो । बुद्ध जयन्ती पूजापाठको सञ्चालन नेपालदेखि बेलायत भ्रमणमा आएका लामा गुरु बज्र आचार्य जनता गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ र तमु समाज युकेका सल्लाहकार तथा लेक्चरर लामा गुरु प्रेम गुरुङले गरेका थिए ।
बृहत् पूजापाठ आरम्भ हुनुअगाबै कार्यक्रममा नेपालबाट आएका अतिथि लामा गुरु बज्र आचार्य जनता गुरुङलाई संस्थाको तर्फबाट तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष बिजु गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले संस्थाको फ्लेक, खादा र पुष्प गुच्छाले स्वागत तथा सम्मान गरेका थिए । यसैगरी देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङले पनि देवाचन बुद्धिष्ट सेन्टरको तर्फबाट अतिथि लामा गुरुलाई खादाबाट स्वागत तथा सम्मान गरेका थिए ।

बिहान साढे ११ बजे तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी आरम्भ गरेको पूजापाठमा लामा गुरुहरुले बुद्ध जयन्तीको महत्व, बुद्धको जीवनी, उपदेश, धर्म र संस्कारबारे प्रवचन दिएका थिए । पूजापाठ र प्रवचनपछि उपस्थित सबै भक्तजनहरुले लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।

तमु समाज युके आमा समूहको सक्रियता, सहयोग र सल्लाहकार ईमान घलेको संयोजनमा गरिएको उक्त बुद्ध जयन्ती पूजा कार्यक्रममा विशेषगरी लण्डन वरपरका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ लगायत तमु समाज युकेका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सदस्यहरु र श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

तमु समाज युकेले स्थापनाकालदेखि नै निरन्तर रुपमा बैशाख पूर्णिमाको अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको छ । बिगतका बर्षहरुझै यस वर्ष पनि बुद्ध जयन्ती पूजा कार्यक्रममा सबै भक्तजनहरुलाई निःशुल्क प्रवेश र खानपिन व्यवस्था गरेको थियो ।

पूजा कार्यक्रमका लागि थुप्रै दानवीरहरुले स्वःस्फूर्त र श्रद्धाभावले अर्थ, खाजा, पेय पदार्थ तथा अन्य आवश्यक सामग्रीहरु दान सहयोग स्वरुप उपलब्ध गराएका र खानाको ब्यबस्थापन रारा केटरिङले गरेका थिए ।
महासचिब ज्ञानबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत मन्तब्य, आमा समूहकी अध्यक्ष माया गुरुङले धन्यबाद मन्तब्य र कार्यक्रम संयोजक ईंमान घलेले दानबिर चन्दादाता तथा सहयोग दाताहरुको नामावली र विवरण बाचन गर्दै सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!