मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै विभागका महानिर्देशकसहित १३ विरुद्ध मुद्दा दायर

SHARE:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोजनाबाट चार वटा मोबाइल भ्यान खरीद गरेको भनिएपनि कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको आरोपमा आयोगले महानिर्देशक कर्णविरुद्ध रु १२ करोड ४० लाख ४७ हजार ५५८ बिगो माग गर्दै मुद्दा दायर गरेको हो । उक्त भ्यानको आपूर्तिकर्तासँगको मिलेमतो गरी गैरकानूनी लाभ लिई नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको अध्ययनबाट पत्ता लागेको आयोगले जनाएको छ । चार थान प्रयोगशाला मोबाइल भ्यानको दुई पटक गरी रू २४ करोड ८० लाख ९५ हजार ११६ हिनामिना गरेको पाइएको थियो ।

आयोगले खरीद प्रक्रियामा मिलेमतो गर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रवीता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल विरुद्ध आरोपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । त्यस्तै तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इञ्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागार्इं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

आयोगले व्यावसायिक तथा सीप तालीम केन्द्र भद्रपुर झापाका शाखा अधिकृत सुमेन्द्र मण्डल र नासु राजकुमार धिमालविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सीपमूलक तालीम सञ्चालन गरेबापतको भुक्तानी दिने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

यसैगरी आयोगले कामपा ९ नं वडा कार्यालय गौशालाका कार्यालय सहयोगी गोविन्द खड्कालाई सेवाग्राहीसँग लिएको रु १० हजार घुससहित पक्राउ गरेको छ । सेवाग्राहीले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी निज खड्काले उक्त रकम घुस लिएको आयोगले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!