नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

SHARE:

काठमाडौं । सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ ।

सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले १ सय १९ रन बनाउनका साथै विनोद भण्डारीसँग पहिलो विकेटमा कीर्तिमानी साझेदारी गरेपछि सुदूरपश्चिमले १ सय ५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गरेको थियो । यसअघि टस हारेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!