धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

SHARE:

काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको उनले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!