वासिंटन । अमेरिकाले इरानमाथि हमलाको तयारी अन्तिम अवस्थामा पु¥याएर पनि आफ्नो योजना अचानक स्थगित गरेको तथ्य खुलासा भएको छ ।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको थियो । सो अखबारका अनुसार बिहीबार साँझसम्म अमेरिकी सेना र कुटनीतिक अधिकारीहरु इरानमाथि जवाफी कारवाही हुनेमा ढुक्क थिए ।
अमेरिकी सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार अमेरिकाका लडाकु विमानहरु तम्तयार अवस्थामा थिए । समुद्रमा युद्धपोतलाई पनि मोर्चामा तैनाथ गरिएको थियो ।
अन्तिम समयमा ‘आदेश परिवर्तन’ भएपछि जवाफी हमला स्थगित भएको सो अखबारले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा आएर निर्णय परिवर्तन गरेको बताइएको छ ।






