एटा सम्वाददाता
लन्डन । गोर्खा गल्फ सोसाईटी युकेद्वारा आयोजित दोस्रो पीपल मोर्गेज गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार २८ अप्रिलका दिन ओक पार्क गल्फ कोर्स, हिथ लेन्समा प्रतियोगिता आयोजना गरिएको हो ।
१२४ जना गल्फरहरुले भाग लिएका प्रतियोगितालाई पीपल मोर्गेज मिस युके नेपाल २०१७ सिर्जना गुरुङ, पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङ र गोर्खा गल्फ सोसाईटी युकेका अध्यक्ष दिलीप गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बेलायतका क्याट्रिक, बर्नमाउथ, ब्रेकन र फोक्स्टोनका नेपाली गल्फरहरुको सहभागिता रहेको प्रतियोगितामा ग्रसतर्फ राम राई, नेटतर्फ तोलोक गुरुङ, पियरतर्फ दल पुन र क्रीस्टोफर गौचन विजयी भए । त्यस्तै, मिलन राई र सिंगा तामाङ (घिसिङ) पियर रनर अफ बन्न सफल भए ।
अत्यन्त रोचक ढंगले सम्पन्न सो प्रतियोगिताको डिभिजन ‘ए’ तर्फ जीत थापा बिजेता बने भने राम मल्ल उपजिबेता भए । डिभिजन ‘बि’ तर्फ सूर्य गुरुङ विजेता भए भने बिपेन लिंखा उपविजेता बने ।
डिभिजन ‘सी’तर्फ वीर लिम्बू बिजेता बने भने चिना गुरुङ उपबिजेता भए । लङ्गगेस्ट ड्राईभतर्फ (ओपन) वीर लिम्बू, निरेस्ट टु दि पीनतर्फको पियर थ्रीतर्फ लेख पुन र निरेस्ट टु दि पीनतर्फको पियर फोरतर्फ कृष्ण योङ्गहाङ्ग बिजेता बने । त्यस्तै, भक्त शेरचन, बद्रि राई र सूर्य गुरुङ लक्की ड्र विजेता बन्न सफल भए ।
विजयी खेलाडीहरुलाई सोसाईटीका अध्यक्ष मेजर दिलीप गुरुङ र पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले ट्रफी प्रदान गरेका थिए । कार्यक्रमको शुभारम्भमा सोसाईटीका अध्यक्ष मेजर दिलीप गुरुङले संस्थाको गतिविधि र महासचिव स्टाफ सार्जेन्ट सोमरस तामाङले गल्फ खेलको नियमबारे जानकारी दिएको पीपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्यप्रकाश गुरुङले जानकारी दिए ।






