चिम्खोले काइँलालाई हङकङमा भव्य स्वागत

SHARE:

एटा संवाददाता
हङकङ । गत शनिबार २२ जुनका दिन मगर संघ हङकङले साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काइँलालाई जोर्डनस्थित मगर घरमा भव्य स्वागत गरेको छ ।

कार्यक्रममा पुन मगर समाज हङकङ, मगर महिला संघ हङकङ, मोना हङकङ, लांघाली समाज हङकङ, मगर रोष्ट गुमष्ठा हङकङ, हङकङ नेपाली डटकम, लुम्बिनी मञ्च हङकङ र बुटवल हिल पार्क समाजले पनि उनलाई स्वागत गरेका थिए । चिम्खोले काइँला चलचित्र ‘मेजर पेन्सन खाउली’ को प्रदर्शनको क्रममा हङकङ पुगेका हुन् ।

पुन मगर समाज हङकङको विशेष पहलमा सो चलचित्र प्रदर्शन हुन लागेको हो । पुन मगर समाज हङकङको अध्यक्ष गोमा पुनले चलचित्र प्रदर्शनबाट संकलित रकमबाट सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम ‘प्रोजेक्ट पोसिबल’ का अभियन्ता निर्मल पुर्जालाई सहयोग गर्ने जानकारी दिएका छन् ।

कार्यक्रममा मगर महिला संघका अध्यक्ष कुमारी थापा, मोना हङकङका भूपू अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार दल शेर्पुजा, मोना हङकङका भूपू उपाध्यक्ष तिपेन गर्बुजा वरिष्ठ पत्रकार तथा हङकङ नेपाली मंचका सम्पादक तुल्सीराज राना, मगर रोष्ट गुमष्ठाका प्रतिनिधि तथा कलाकार रवीन्द्र थापा लगायत समाजसेवी तथा बुद्धिजीवीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा पुन मगर समाज हङकङ भूपू अध्यक्ष जस चोचाङ्गी तथा मगर संघ हङकङका सल्लाहकार राजु पुन, मोना हङकङ तथा मगर संघ हङकङका सल्लाहकार भूपू अध्यक्ष इन्द्र थापा, मगर संघ हङकङका भूपू महासचिव निलम थापा, लुम्बिनी मञ्च हङकङ अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार गणेशजंग राना र बुटवल हिल पार्कका संयोजक तथा मगर संघ हङकङका सल्लाहकार हेम थापाले कार्यक्रमको बारेमा आ–आफ्नो मन्तब्य राखेका थिए ।
मगर संघ हङकङका कार्यकारी अध्यक्ष तथा वर्तमान महासचिव नन्द रानाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि चिम्खोले काइँला थिए भने पुन मगर समाजका सहसचिव सुजन तिलिजाले सञ्चालन गरेको कार्यक्रममा पुन मगर समाज हङकङका अध्यक्ष गोमा पुनले स्वागत मन्तब्य दिएका थिए ।

समाजसेवी काइँलालाई यसअघि गत बुधबार १७ जुनका दिन चिम्खोले समाज हङकङले स्वागत गरेको छ भने गत सोमबार २४ जुनका दिन मोना हङकङ र उनका ससुराली गाउँ अन्नपूर्ण गाउँपालिका वडा नं. १ दोवा हङकङवासीले सम्मान गरेका छन् । उनी हङकङ योङ्गलङ्गको बिबिक्यु देखि ताइमोशनसम्म र तुङ्गचुङ्गदेखि बिग बुद्धसम्मको पैदल यात्रामा समेत सहभागी भए ।

यूकेबाट गएका चिम्खोले काइँलालाई स्वागत गर्न गत १८ जुन बिहीबार मोना हङकङका अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार, मोना हङकङका निवर्तमान अध्यक्ष तथा मगर संघ हङकङ सल्लाहकार इन्द्र थापा, मोना हङकङ सचिव नारायण सिङ्ग पुन लगायत हङकङ विमानस्थल पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!