बेलायतमा नेपाली सांगीतिक उत्सव २०१८ हुँदै

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट । गोर्खा वरियर्सले मे को १२ तारिख शनिबार बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लन्डनमा भब्य नेपाली सांगीतिकक उत्सव २०१८ गर्ने भएको छ ।

बेलायतमा रहेका नेपाली नयाँ तथा पुराना पुस्ताहरुको संगीत रुचिलाई ध्यान दिई सांगीतिक उत्सवमा पप गीतदेखि सुगम संगीतहरुको लाईभ ब्याण्ड प्रस्तुति हुनेछ । भरपुर मनोरञ्जन दिलाउन नेपालबाट बहुचर्चित गायकहरु आस्था बेण्डका नरेन लिम्बु, निमा रुम्बा, “द अरजिनल ड्यू” (फर्मर १९७४ एडी) का चर्चित गायकहरु एड्रियन प्रधान र फिरोज स्याङ्देनहरु बेलायत आउने जानकारी आयोजक टिमका अल्विन लिम्बु र पिटर गुरुङले दिएका छन् ।
उक्त सांगीतिक उत्सवको लागि हलको क्षमताको तीन तिहाई टिकटहरु बिक्री भइसकेको छ ।

बेलायतमा धेरै सांङ्गीतिक कार्यक्रमहरु भएपनि यो साङ्गीतिक कार्यक्रम भने फरक रहने जानकारी पनि आयोजक टिमले दिएका छन । साँझ ८ बाट मध्यरात १२ बजेसम्म साङ्गीतिक कार्यक्रम हुने त्यसपश्चात डिजे फाट र डिजे एस काजीको साथमा बिहानको ४ बजेसम्म नृत्य हुने आयोजकले जानकारी दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!