अस्ट्रेलिया — यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भएको छ । १ लाख बढी व्यक्तिहरु संक्रमित बनेका छन् ।अस्ट्रेलियाका सबै राज्यहरुमा अहिलेसम्म २ सय २८ जनाले फ्लुका कारण ज्यान गुमाइसकेका छन् भने यो संख्या अझ बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।
मृत्यु हुनेहरुको संख्या गत वर्षको भन्दा धेरै रहेको र हरेक साता यो संख्या बढिरहेको राज्य तथा टेरिटोरीका सरकारले सार्वजनिक तथ्यांकमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलिया फ्लुका कारण हरेक वर्ष पीडित हुदैँ आएको छ ।
सिड्नी राजधानी रहेको न्यु साउथ वेल्स राज्यमा मात्र ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् । अस्ट्रेलियामा रहेका ६ राज्यहरु तथा दुइ वटा टेरिटोरीमा यस वर्ष अहिलेसम्मकै फ्लुको प्रकोप फैलिएको बताइएको छ । तथ्यांकअनुसार जनसंख्याको आधारमा पहिलो ठूलो राज्य न्यु साउथ वेल्समा अहिलेसम्म ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् भने करिब २७ हजार यसबाट पीडित छन् ।






