काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी श्यामसुन्दर नेपाल नेपाल लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी कार्यालय चुनदेवीमा शुक्रबार बसेको स्थायी कमिटी बैठकको अवसर पारेर पूर्वडिआइजी नेपाल लोकतान्त्रिक पार्टी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष भानुराम डगौरा थारुले पार्टी प्रवेश गराउँदै सदस्यता समेत प्रदान गरेका लोकतान्त्रिक पार्टी महासचिव देवबहादुर दुराले जानकारी दिए ।
बैठकमा लोकतान्त्रिक पार्टी महासचिव देवबहादुर दुरा ‘दुरा सेवा समाज, केन्द्रीय समिति’ को अध्यक्ष पदमा निर्वाचित भएकोमा पार्टीको तर्फबाट बधाई तथा शुभकामनासमेत दिइएको थियो ।






