सिर्जनशील नेपाली समाज युकेले दसौं वार्षिकोत्सव मनायो

SHARE:

एटा सम्वाददाता
अल्डरसट । सिर्जनशील नेपाली समाज युकेले विविध सांस्कृतिक कार्यक्रमका साथ दसौं वार्षिकोत्सव मनाएको छ ।

सन् २००७ मा स्थापना भएको समाजले गत शनिबार २१ अप्रिलका दिन अल्डरसटस्थित कनट स्कुलमा दसौं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले हामी सबैभन्दा पहिला नेपाली हांै भन्दै जुन माटोमा जन्म्यौं, जुन माटोमा हर्कियौं त्यसमा गौरव गर्नुपर्ने बताए । उनले जातीयताको कुरा उठाएर हिनता र लाघुताभास गर्ने बेला नभएको बताउँदै समय धेरै अगाडि बढिसकेको र उज्यालो धेरै भइसकेकोले चेतना, एकता, सहिष्णुता र सिर्जनशीलताको आँखाले हेर्नुपर्नेमा जोड दिए ।

‘दस वर्षअघि शेरबहादुर सुनार दाजुले जुन कल्पना गरेर, जुन सिर्जनात्मक सोच राखेर यो संस्थाको नाम सिर्जनशील नेपाली समाज राख्नुभएको छ । त्यसले सिर्जनशीलताको प्रतिनिधित्व मात्र गर्दैन सहिष्णुता, इमानदारिता, मेहनत, परिश्रम, प्रतिभा र एकताको प्रतिनिधित्व गर्दछ’ उनले भने ।

उनले अग्रज शेरबहादुर सुनारलाई तमाम बेलायतवासी नेपाली समुदाय, नेपाली राजदूत परिवार र नेपाल सरकारको तर्फबाट अभिवादन व्यक्त गरे । सो अवसरमा एनआरएनए युकेका उपाध्यक्ष एवं सिर्जनशील नेपाली समाज युकेका संस्थापक अध्यक्ष शेर सुनारले सिर्जनशील नेपाली समाज स्थापनाको बारेमा बोल्दै आप्mनो जातीय पहिचानमा गर्व गर्नुपर्नेमा जोड दिए । त्यस्तै, ओभरसिज नेप्लिज् फोरम युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अहिले जातीय विभेद नभएको दाबी गर्दै नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङले नेपाली कांग्रेसले सबै तहमा सबै जातिको सहभागिता हुनुपर्ने आवाज उठाएको स्मरण गरे । अहिले ४० भन्दा बढी पिछडिएका जातिहरुको संघीय संसद्मा सहभागिता रहेको उनले जनाए ।
कार्यक्रममा एनआरएनए युकेका प्रेम गाहा मगर, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष फडकजीत गुरुङ, विश्वकर्मा सेवा समाज युकेका अध्यक्ष थम विश्वकर्मा, समाजका सल्लाहकार श्यामलाल सुनारलगायतले शुभकामना मव्तब्य दिएका थिए । त्यस्तै, रेडियो बीजीडब्लूएसका निर्देशक मेजर सोनाम शेर्पा, एशियन महिला एशोसिएसनकी अध्यक्ष अमिता बेल्वासेलगायत विभिन्न संघसंस्थाक ाप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगीता गैरे, प्रमिला तामाङ, तुलसी बिक, सन्तोष बिक, नेत्र सुनार, मञ्जु बिक, कल्पना श्रीपाल, वरिष्ठ संगीतकार बीबी अनुरागीले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । बेलायतमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष धनबहादुर सार्कीले प्रमुख अतिथि डा. सुवेदीलगायत अतिथि, संस्थापक अध्यक्ष, कार्यसमिति, सल्लाहकार, कलाकार, पत्रकार र सहभागी सबैमा उपस्थितिका लागि धन्यवाद दिएका थिए ।
समाजका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक महासचिव विकास रनपैलीले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष राजकुमार सुनार र लिसा सुनारले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यस्तै, सुमन गौतमले म्युजिक, कोषाध्यक्ष विक्रम बिक, दिल नेपाली र पुष्पा सुनार प्रवेशद्वारमा विशेष भूमिका निभाएका थिए । त्यस्तै, सिर्जना शाही, गंगा रोका, पूर्वअध्यक्षकुमार घले, मनिराज लकन्द्री, सुकबहादुर सुनार र गोपाल सार्की पाहुनाको स्वागतमा जुटेका थिए । सल्लाहकार खिम सदाशंकर सीटप्लानमा जुटेका थिए भने भेटघाट गोर्खा रेस्टुरेन्टका सुरेश गैरेले खाना व्यवस्थापन गरेका थिए । हाल व्यवस्थापनमा सल्लाहकार भक्त दर्जी, सल्लाहकार हिरा कामी, मिलन विश्वकर्मा, झलक परियार, सागर सुनार, अमर सदाशंकर र प्रेम मगरले विशेष भूमिका खेलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!