सरकारको कामबारे प्रधानमन्त्रीले चुनौती दिँदै भने, ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस्’

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी गरेका छन् । सरकारले राम्रो काम गरे पनि कानून निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न नपाएको उनको दाबी छ । नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने र दशैंसम्म सरकारमाथिको आलोचना समाप्त हुने उनले बताए ।

कामहरुमै व्यस्त रहँदारहँदै ठिक्क भो, जनतालाई भन्नै पाएको छैन । साउन र भदौको दुई महिना हेर्नुहोस् । दशैंसम्ममा सरकारमाथिको आलोचना समाप्त भएर जान्छ । मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार कार्यक्रममा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । उनले अघि भने, ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, अहिले मास्क नै लगाउनुपर्दैन ।’

प्रधानमन्त्री ओलीले आफ्ना कुरा पत्याइदिनोस् भनेर आग्रह नगर्ने बताउँदै व्यवहारमै हेर्न जनतालाई आग्रह गरे । उनले भने, ‘साथीहरुलाई भन्न चाहन्छु- ‘मेरो भनाइ पत्याइदिनोस् भनेर म भन्दिनँ । मेरो भनाइ व्यवहारमा हेर्नोस्, कानून कति बने । केके काम भए । केके फरक पर्‍यो । ती कुराहरु व्यवहारमा हेर्नोस् । मेरो त्यही आग्रह हो ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!