नायिका प्रितीको धान्द्रुकमा प्रिती गेस्ट हाउस

SHARE:

पोखरा । गुरुङ चलचित्रका नायिका प्रिती तमुस्यो होटल व्यवसायमा सक्रिय छिन् । गुरुङ सालीभेनाकी नायिका प्रिती कलाकारितासँगै होटल व्यवसायमा पनि सक्रिय भएकी हुन् ।

उनले घान्द्रुकमा प्रिती गेस्ट हाउस एन्ड रेस्टुरेन्टको सञ्चालन गरिरहेकी छन् । कलाकारितासँगै होटल व्यवसाय गर्दा राम्रो भएको उनको भनाइ छ । २०१६ को मिस तमुस्योकी प्रतिस्पर्धी प्रितीले त्यसबेला मस्ट पपुलर र भ्यूअर टाइटल जितेकी थिइन् । उनी मिस तमुस्योमा टप सिक्समा पर्न सफल भएकी हुन् ।

बाबा चन्द्रबहादुर गुरुङ र आमा कविता गुरुङकी छोरी प्रिती नामजस्तै व्यवहार पनि मायालु छिन् । कास्कीको रमणीय घान्द्रुक छोम्रोङ्गमा उनी जन्मिएकी हुन् । नयाँ–नयाँ ठाउँहरुको अध्ययन, अवलोकन गर्न मन पराउने प्रिती कलाकारिता क्षेत्रलाई निखार्दै अघि बढ्ने योजनामा छिन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!