हङकङ । साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काइँलालाई म्याग्दी प्रवासी संघ (मोना) हङकङले एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
समाजसेवी काइँलालाई स्वागत तथा बिदाईका लागि गत सोमबार २४ जुनको दिन हङकङको जोर्डनस्थित बुल्यू एशियन रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गैरआवासीय संघ हङकङ, मोना आइसीसी, पुन मगर समाज हङकङ, चिम्खोले समाज हङकङ, दोवातनी समाज हङकङ र बेगखोले कल्याणकारी समाज उपशाखा हङकङले पनि उनलाई संयुक्तरुपमा स्वागत तथा बिदाइ गरेका छन् । विश्वको आठ हजारभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभित्र चढ्ने तथा प्रोजेक्ट पोसिबलका अभियन्ता निर्मल पुर्जा एमबीइको प्रोजेक्ट “प्रोजेक्ट पोसिबल’’ लाई सहयोग गर्न चिम्खोले काइँला हङकङ पुगेका हुन् । उनी चलचित्र “मेजर पेन्सन खाउली’’ लिएर प्रोजेक्ट पोसिबललाई सहयोग गर्न हङकङ गएका थिए ।
चलचित्र मेजर पेन्सन खाउली प्रदर्शन गर्न पुन मगर समाज हङकङले प्रमुख संयोजकको भूमिका निभाएको थियो भने मोना हङकङ, मोना आइसीसी, एनआरएन हङकङ, मगर संघ हङकङ, मगर रोष्ट गुमष्ठा हङकङ, मगर महिला संघ हङकङ, लांघाली समाज हङकङ, १९८२ ग्लोबल इन्टेक हङकङ, चिम्खोले समाज हङकङ, दोवातानी समाज हङकङ र बेगखोला कल्याणकारी समाज उपशाखा हङकङले उपसंयोजकको भूमिका निभाएर प्रोजेक्ट पोसिबललाई केही रकम जुटाउन सफल भएका छन् ।
स्वागत तथा बिदाइ कार्यक्रममा चिम्खोले काइँलालाई मोना हङकङ, गैरआवासीय संघ हङकङ, मोना आइसीसी, पुन मगर समाज हङकङ, चिम्खोले समाज हङकङ, दोवातनी समाज हङकङ र बेगखोले कल्याणकारी समाज उपशाखा हङकङ लगायत उनका नजिक नातेदार तथा सम्पूर्ण साथीभाइले उनलाई मायाको चिनो तथा उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरु प्रायः सम्पूर्णले चिम्खोले काइँलाको चरित्र, क्षमता र उनीमा रहेको बहुप्रतिभाको बारेमा प्रकाश पारेका थिए भने मगर संघ हङकङका तथा मोना हङकङका भूपू अध्यक्ष दल शेरपुञ्जाले चिम्खोले काइँलाले जस्तो समाजसेवा गर्न सके पनि बन्दुक र कलम एकैचोटि उठाउन नसकिने ठोकुवा गरेका थिए ।
चिम्खोले काइँला एउटा समाजसेवी, पत्रकार, साहित्यकार तथा सर्जक, लाहुरे, लाहुरे भए पनि साठ्ठी वर्षे उमेरमा पनि मास्टर डिग्री गरेर नेपाली जनसमुदायको प्रेरणाको अभिभावकत्व ग्रहण गरेको भनेर खुलेरै प्रशंसा गरेका थिए ।
चिम्खोले काइँला प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिमा गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष तथा मोना आईसीसीका वरिष्ठ उपाध्यक्ष टिका पुन गुरुङ, पुन मगर समाजका अध्यक्ष गोमा पुन, पुन मगर समाजका भूपूअध्यक्ष तथा मोना हङकङका सल्लाहकार राजु पुन, मोना हङकङका भूपूअध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार दल शेरपुञ्जा, मोना हङकङका भूपूअध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार इन्द्र थापा, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, पुन मगर संघ हङकङका भूपूउपाध्यक्ष तिपेन गर्बुजा, एसआर क्लबका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार ज्ञानेन्द्र थापा, मोना हङकङका सल्लाहकार यम पाइजा, मोना हङकङका सल्लाहकार गिरी शेरपुञ्जा, दोवातानी समाज हङकङका उपाध्यक्ष इन्द्र पुन लगायतको उपस्थिति थियो ।
संस्थाका सचिव जेबिन्द्र फगामीले सञ्चालन गरेका स्वागत तथा बिदाइ कार्यक्रमको अध्यक्षता मोना हङकङका कर्ण पुनले गरेका थिए भने स्वागत मन्तव्य मोना हङकङका भूपू अध्यक्ष दल शेरपुर्जाले गरेका थिए ।
स्मरण रहोस्, चिम्खोले काइँला गत आइतबार २३ जुनका दिन मोना हङकङद्वारा आयोजित झन्डै २० किलोमिटरको दूरी रहेको बिग बुद्धको पैदल यात्रामा पनि मोना हङकङको सदस्यहरुसँग सँगै पैदलयात्रा गरेका थिए । सो यात्रामा म्याग्दी रघुगंगा गाउँपालिकाअन्तर्गत वडा नम्बर ८ निवासी वर्ष ७० पुगेकी छमाया पाइजाले पनि २० किलोमिटरको पैदल यात्रा पूरा गरी यात्रामा सम्पूर्ण सहभागीलाई अचम्मित पारेका थिए ।






