चलचित्र मेजर पेन्सन खाउली हङकङमा पनि भव्य प्रदर्शन

SHARE:

हङकङ । यूकेमा सर्वाधिक चर्चा बटुलेको चलचित्र मेजर पेन्सन खाउली गत आइतबार जुन २३ को दिन हङकङको काउलोनस्थित यौमाटाई कमुनिटी हलमा भव्य प्रदर्शन भएको छ । चलचित्र प्रदर्शन गर्न तथा विश्वको आठ हजारभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभित्र चढ्ने तथा प्रोजेक्ट पोसिबलका अभियन्ता निर्मल पुर्जा एमबीइको प्रोजेक्ट “प्रोजेक्ट पोसिबल“ लाई सहयोग गर्न चिम्खोले काइँला हङकङ पुगेका हुन् ।

चलचित्र मेजर पेन्सन खाउली प्रदर्शन गर्नको लागि पुन मगर समाज हङकङले प्रमुख संयोजकको भूमिका निभाएको छ भने मोना हङकङ, मोना आइसीसी, एनआरएन हङकङ, मगर संघ हङकङ, मगर रोष्ट गुमष्ठा हङकङ, मगर महिला संघ हङकङ, लांघाली समाज हङकङ, १९८२ ग्लोबल इन्टेक हङकङ, चिम्खोले समाज हङकङ, दोवातानी समाज हङकङ र बेगखोला कल्याणकारी समाज उपशाखा हङकङले उपसंयोजकको भूमिका निभाएर प्रोजेक्ट पोसिबललाई केही रकम जुटाउन सफल भएको छ ।

कार्यक्रमको पहिलो चरणमा पुन मगर समाज हङकङले चलचित्र प्रदर्शन गर्न सहयोगी भूमिका निभ्याउने संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई खडा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा उपस्थित भएका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई साहित्यकार, पत्रकार तथा समाजसेवी चिम्खोले काइँलाले पनि संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई खडा लगाएर सम्मान गर्नको साथै उनका कृतिहरु उपहारस्वरूप प्रदान गरेका थिए ।

चिम्खोले काइँला प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख आयोजक संस्था तथा कार्यक्रमको अध्यक्ष पुन मगर समाज हङकङका अध्यक्ष गोमा पुन, विशेष अतिथिमा गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष तथा मोना आइसिसीका वरिष्ठ उपाध्यक्ष टिका पुन गुरुङ, मोना हङकङका अध्यक्ष कर्ण पुन, मगर संघ हङकङका कार्यकारी अध्यक्ष तथा सचिव नन्द राना, मगर महिला संघ हङकङका अध्यक्ष कुमारी थापा, लांघाली समाज हङकङका अध्यक्ष हर्क राना, पुन मगर समाजका भूपू अध्यक्ष तथा मोना हङकङका सल्लाहकार राजु पुन, मोना हङकङका भूपू अध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार दल शेरपुञ्जा, मोना हङकङका भूपूअध्यक्ष तथा मगर संघ हङकङका सल्लाहकार इन्द्र थापा, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, पुन मगर संघ हङकङका भूपूउपाध्यक्ष तिपेन गर्बुजा, पुन मगर समाजका सचिव जेबिन्द्र पुन, लुम्बिनी मञ्चका अध्यक्ष गणेश राना, बुटवल हिल पार्कका संयोजक हेमराज थापा, वरिष्ठ सञ्चारकर्मी तथा हङकङ नेपाली डटकमका सम्पादक तुल्सीराज राना, मोना हङकङका सल्लाहकार यम पाइजा, मोना हङकङका सल्लाहकार गिरी शेरपुन्जा, दोवातानी समाज हङकङका उपाध्यक्ष इन्द्र पुन, समाजसेवी घान्द्रुके साइँलालगायत सयौंको उपस्थिति रहेको थियो ।
पहिलो चरणको कार्यक्रमको अध्यक्षता पुन मगर समाज हङकङकी अध्यक्ष गोमा पुनले गरेकी थिइन् भने संस्थाका सहसचिव सुजन पुनले सञ्चालन गरेका थिए । चलचित्रको प्रदर्शनको क्रममा प्राविधिक तर्फ नेपाली चलचित्र एजु भाग दुईका नायक तथा सञ्चारकर्मी इन्द्र पुन र राम पुनले सहयोग गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा चलचित्र मेजर पेन्सन खाउलीको प्रदर्शन भएको थियो । दुत पुन, जमुना पुन र गोरे गुरुङले निर्माण गरेको चलचित्र मेजर पेन्सन खाउलीको पटकथा र गीतहरुको शब्द संकलन चिम्खोले काइँलाले गरेका छन् भने निर्देशन गोरे गुरुङले गरेका छन् । चलचित्रमा मुख्य नायकको भूमिका गोरे गुरुङले निभाएका छन् भने रन्जिता गुरुङले नायिकाको भूमिका निभाएकी छिन् । चलचित्र प्रदर्शनपछि प्रतिक्रिया लिनेक्रममा चलचित्र राम्रो भए पनि दुत पुन तथा चिम्खोले काइँलालाई चलचित्रमा अभिनय गरेको देख्न चाहेको तर उनी सो चलचित्रको कुनै पनि भूमिकामा नदेखिएकोमा गुनासो गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!