उत्तरपश्चिम पाकिस्तानमा डुंगा दुर्घटनामा कम्तीमा ४ को मृत्यु, २१ जना बेपत्ता

SHARE:

पेसावर । उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुंगा दुर्घटनामा कम्तीमा ४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी गरिरहेको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन्। खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनदुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुंगा बुधबार दुर्घटना भएको थियो।

डुंगामा ३८ व्यक्ति सवार रहेका र ती मध्ये १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।

दुई महिला र दुई बालबालिकाको शव नदीबाट निकालेको जाहिदले बताए। उद्धारकार्य अझै पनि जारी रहेको तर जिवितै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको जाहिदले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!