अमेरिकामा झन् ठूलो भूकम्पको धक्का

SHARE:

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर नेपाली समयअनुसार शनिबार बिहान ९ बजेर ४ मिनेटमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । यो पछिल्लो २० वर्षयताकै शक्तिशाली कम्पन भएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झन्डै २४० किलोमिटर उत्तर पूर्वमा रहेको रिड्गेक्रेस्ट शहर नजिकै रहेको छ । सोही क्षेत्र केन्द्रविन्दु भएर हिजो बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शनिबारको भूकम्पले पनि ठूलो भौतिक क्षति पुर्‍याएको भए पनि मानवीय क्षति भने नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण विद्युत् आपूर्ति भने बन्द भएको छ ।(एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!