अमेरिका । अफ अमेरिका (युजीएसए)को अध्यक्षमा प्रदिप गुरुङ भुटानबाट अमेरिकामा गई स्थायी रुपले उतै बसोबास गरिरहेका गुरुङहरुको साझा संस्था युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए)को दोस्रो राष्ट्रिय महाधिवेशन विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
महाधिवेशनले प्रदिप गुरुङलाई बहुमतका साथ अध्यक्षमा चयन गर्दे १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा एन.बी गुरुङ, एक्जुकेटिभ डिरेक्टरमा कर्ण गुरुङ, स्पोक पर्सनमा टेक गुरुङ र सदस्यहरुमा कर्ण गुरुङ (एटलान्टा जोर्जीया) राजेन्द्र गुरुङ,पदम गुरुङ,गोपाल गुरुङ, सुचिता गुरुङ, लाल गुरुङ, अर्जुन गुरुङ, भीम गुरुङ, देवीका गुरुङ, अमृता गुरुङ र अगोम गुरुङ रहेका छन् ।
जुलाई ५ र ६ तारिकमा अमेरिकाको विभिन्न राज्यका संघ संस्थाका व्यक्तिहरुको भब्य उपस्थिितिमा आयोजना गरिएको दुईदिने कार्यक्रमको पहिलो दिनमा अमेरिकाको राष्ट्रिय गीत र गुरुङ ह्युल्सा गीतसँगै सुरु भएको थियो भने सास्कृतिक र सांगीतिक कार्यक्रमसँगै संस्थाको २ वर्षको प्रतिवेदन र संस्थाको आयव्यय प्रस्तुत गरिएको थियो ।कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
दोस्रो दिनमा संस्थाको केन्द्रिय सदस्यहरुको चुनावसँगै king of spicy hlla को भब्य कार्यक्रमबीच रोधीं नृत्य प्रतियोगिताको विजयीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बुद्वि गुरुङ प्रथम,पुष्पान्जली गुरुङ द्वितीय जेनिशा गुरुङ तुतीय भएका थिए । कार्यक्रमको आयोजना संयुक्त गुरुङ समाज अमेरिका र गुरुङ कम्युनिटी अफ क्यारोलिनाले गरेको थियो ।






