विषादी नजाँची भारतबाट तरकारी नभित्र्याउन सर्वोच्चको आदेश

SHARE:


काठमाडौं । सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी तथा फलफूल ल्याउन दिने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले दुबै पक्षसँग छलफल गरी यसको अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारी निर्णयविरूद्ध तीन वटा रिट दर्ता भएका थिए। मंगलबार रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि बोलाएको थियो । स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रिट हालेका थिए ।

सरकारले असार पहिलो सातादेखि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्न सुरू गरेको थियो । तर, सीमा क्षेत्रमा पूर्वाधार नभएको भन्दै केही समयपछि मन्त्रिपरिषदले उक्त कार्य स्थगन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!