मेलिना र एलिशाको लोभलाग्दो मित्रता

SHARE:

विश्वराज सामेखाम
यो तस्बिर हेरेपछि चर्चित गायिका मेलिना राई र मोडल एलिशा राईको मित्रता गहिरो छ भन्ने स्पष्ट हुन्छ । वास्तवमा एलिशा र मेलिनाको चिनजान भएको लामो समय भने भएको छैन । करिब २ वर्षअघि सिंगापुरको एक कार्यक्रममा जाने क्रममा उनीहरुको औपचारिक चिनजान भएको हो । सिंगापुर यात्रा सँगै दुई जनाको मित्रता मौलाएको हो । उसो त, यी दुईको मित्रता गहिरो भए पनि एलिशा मेलिनालाई दिदी भनेर सम्बोधन र सम्मान गर्छिन् भने मेलिना एलिशालाई आफ्नै बहिनी जस्तै माया गर्छिन् । धेरै दर्शक त यी दुई कलाकार साँच्चिकै दिदीबहिनी हुन् भनेर झुक्किने पनि गर्छन् र सामाजिक सञ्जालमा दिदीबहिनी हो भन्ने जिज्ञाशासहित कमेन्टसमेत गर्ने गर्छन् । एलिशाको फेवरेट गायिकामा मेलिना पहिलो नम्बरमै पर्छिन् भने मेलिना एलिशाको फेसियल एक्स्प्रेशनको फ्यान हुन् । मेलिनाको धेरै गीतमा एलिशाले मोडलिङ गरेकी छन् । दुवैजना केही म्युजिक भिडियोमा सँगै समेत देखिएका छन् । मेलिना र एलिशाको एउटा समान कुराचाँहि यी दुवै अविवाहित र उनीहरुकै भाषामा सिंगल पनि छन् । चाँडै दुवै जनालाई माया गर्ने जीवनसाथी जुरोस् । शुभकामना…

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!