३७ वर्ष जेल सजाय पाएका कांग्रेस नुवाकोटका वडाध्यक्षलाई उच्च अदालत पाटनबाट सफाइ

SHARE:

काठमाडौं । भारतको मुम्बई शहरमा चारवटा कोठी सञ्चालन गर्दै नेपाली चेलीलाई यौन धन्दामा संग्लन्न गराउँदै आएका नुवाकोट कांग्रेसका वडा अध्यक्षलाई उच्च अदालत पाटनले राजनीतिक दबाबका आधारमा सफाई दिएको तथ्य खुलेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले दुई दिन अगाडि नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का काग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनबहादुर तामाङलाई सफाइ दिएको हो । उनीविरुद्ध तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । पक्राउ पछि नै उनले मुम्बईमा चार ओटा कोठी सञ्चालन गदै आएको तथ्य बाहिरिएको थियो । यस अगाडि उनलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष छ महिना कैद सजाय र रु २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले २०७४ सालमा उक्त सजाय सुनाएको थियो । उनको रिहाईका लागि काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा नुवाकोट कांग्रेसका नेताहरु डा रामशरण महत लगायतले देउवालाई दबाब बढाएका थिए । तर जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिनाको कैद सजाय सुनाएपछि भने उनलाई रिहाईका लागि तत्कालीन काग्रेस नेतृत्वको सरकारले आँट गर्न सकेको थिएन ।

तर यो बीचमा अदालतसँगको साँठगाँठका आधारमा उनलाई अहिले सफाईको वातावरण मिलाउने काममा काग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा रामशरण महत, नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसी लगायतका नेताहरु लागेका थिए । त्यही क्रममा जेठ ३० मा उच्च अदालत पाटनले तामाङलाई रिहाईको आदेश दिएको हो ।

उनको रिहाईमा काग्रेस नेता अर्जुननरसिंह केसी र जगदिशनरसिहं केसी आफै खटिएका थिए । पछिल्लो पटक २०७४ पुस पहिलो हप्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । त्यसलगत्तै काग्रेस नेताहरु केसी, महतलगायतले तामाङको पक्राउले नुवाकोट काग्रेसलाई घाटा पुर्‍याएकोले जसरी पनि छुटाउनु पर्ने भन्दै दौडधुप बढाएका थिए । अहिले पनि तामाङको भारतमा चार ठाउँमा कोठी सञ्चालनमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!