हेलिकोप्टरबाट मन्त्री र नेता रौतहटमा

SHARE:

रौतहट । बाढी प्रभावित बनेको रौतहटको अवस्था बुझ्न उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोली सदरमुकाम गौर आएको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विकास समितिकी सभापति कल्याणी खडका, नेकपा नेता प्रभु साह तथा राजपा नेपालका संयोजक अनिल झालगायतको टोली हेलिकोप्टरबाट रौतहट आएका हुन् ।

टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु सँग बस्तुस्थितिको बारेमा जानकारी लिएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउन गर्नुपर्ने तयारी सरकारले गरिरहेको बताए ।

‘सरकारले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारीहरु गरिरहेका छौं’ गृहमन्त्री थापाले भने ‘जनधनको क्षति हुन नदिन हामीले काम गरिरहेका छौं । विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको स्तरमा पनि काम अगाडि बढाएको छ ।’ विपदपछिको पुनर्निर्माणमा सरकार जुटेको पनि उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!