नयाँदिल्लीका पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन

SHARE:

काठमाडौं । भारतको राजधानीसमेत रहेको नयाँदिल्ली राज्यका पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ ।

लामो समयदेखि मुटुको रोगबाट थलिएकी ८१ वर्षीय दीक्षितको शनिबार दिल्लीस्थित अस्पतालमा निधन भएको हो । उनी भारतीय कांग्रेसको तर्फबाट १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।

भारतको केन्द्रीय मन्त्री पनि बनेकी उनी सन् २०१४ मा केरलाको राज्यपाल बनेकी थिइन् । दीक्षितको निधनप्रति शोक व्यक्त गर्दै भारतका राष्ट्रपति रामनाथ कोविन्दले देशले एक प्रभावशाली नेता गुमाएको प्रतिक्रिया दिएका छन् ।

यसैगरी, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै देशले एक सच्चा राजनेता गुमाएको बताएका छन् । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!