हङकङमा लोकतन्त्रको समर्थनमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

SHARE:

काठमाडौं । हङकङमा लोकतन्त्रको समर्थन गर्दै भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केही प्रदर्शनकारीहरु प्रहरीको घेरामा प्रवेश गर्न खोजेपछि झडप भएको हो ।

प्रदर्शनकारीहरुले चिनियाँ केन्द्रीय सरकारी कार्यालयतर्फ जाँदा सडक आसपासका घरहरुमा अण्डासमेत फ्याँकेका थिए । सुपुर्दगीसम्बन्धी एक विवादास्पद विधेयकको विरोधमा सुरु भएको हङकङको प्रदर्शनमा पछिल्लो समयमा लोकतन्त्रको विषयले प्रवेश पाएको हो । प्रदर्शनकारीहरुले लोकतन्त्रको प्रत्याभूतिसहितका माग अघि सारेका छन् ।

प्रदर्शनकारीहरुले चीन सरकारको एउटा भवन बाहिर केही नारासमेत लेखिदिएका छन् । ‘शान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौ’ जस्ता नारा प्रदर्शनकारीहरुले लेखेका हुन् ।

यसैबीच हङकङको एउटा मेट्रो स्टेसनमा केही नकावधारी व्यक्तिले लोकतन्त्र समर्थकहरुमाथि हमला गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!