नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न वेल्समा हाईक फर नेपाल

SHARE:

सुधा गुरुङ्ग

rbt

बेजिङ्गस्टोक, लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले ब्रेकन, बेल्समा अगस्टको २ देखि ४ तारिखसम्म हाईक फर नेपाल हुने भएको छ ।

पोखरेली मञ्च यूके र We Will Rise फाउन्डेशनको संयूक्त तत्वावधानमा विगतका वर्षहरुमा झैं यो वर्ष पनि हाईक फर नेपाल हुन लागेको हो । हाईक फर नेपालमा यो वर्ष ३०० जतिको सहभागिता रहने अनुमान गरिएको हाईक फर नेपालका मुख्य संयोजक मेजर खुशीमान गुरुङ्ग एमभिओले बताए । उनका अनुसार गत वर्ष करिब १५० जनाको सहभागिता थियो ।

हाईक फर नेपाल क्याम्पिङ्ग र हाईकिङ्गको आयोजना गर्नुको मुख्य उद्देश्य र लक्ष्य स्थानीय पर्यटकलाई नेपालको बारेमा थप परिचित गराउनु रहेको आयोजकले जनाएको छ । साथै बेलायतभरी छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँधी एक नेपालीले कम्तीमा चार/पाँच पर्यटकलाई नेपाल भित्र्याउन सक्ने वातावरणको सिर्जना गर्नु पनि रहेको छ ।

साधारणतया क्याम्पिङ्ग जाँदा आफैले खानपानलगायत धेरै कुराको बन्दोबस्त मिलाएर जानु पर्ने हुन्छ । तर, हाईक फर नेपालको क्याम्पिङ्गमा सो झन्झटबाट मुक्त रही आवश्यकीय लत्ताकपडा, टेन्ट र चिया नास्ताको सामानबाहेक डिनर र मनोरन्जनको कुनै टेन्सन नलिई सम्मिलित हुन सकिन्छ । सयौंको संख्यामा स्थानीय लगायत बेलायतभरिबाट आएका क्याम्पर्सहरुसँग भलाकुसारी भेटघाट गर्दै रमाइलो गर्ने सुअवसर पनि पाइने आयोजकले बताएको छ । क्याम्पर्सका लागि यी सबै कुराको बन्दोबस्त हाईक फर नेपालका मुख्य संयोजक मेजर खुशीमान गुरुङको नेतृत्वमा स्थानीय वेल्सवासीले ब्यवस्थित तरिकाले मिलाएका हुन्छन् ।

तीन दिने क्याम्पिङ्गको व्यवस्थाअनुसार पहिलो दिन, अगस्ट २ तारिख शुक्रबार, द बिशप मिडोज क्याम्प साईट, ब्रेकन वेल्समा सबै क्याम्पर्सहरु भेला भएपश्चात् साँझको खानपानको व्यवस्था द गोर्खा ईन रेस्टोरेन्टले मिलाउने तय गरिएको छ । दोस्रो दिन ३ अगस्टको बिहान ९ बजे ब्रेकफास्टपश्चात् सबै भेला भएपछि केही औपचारिक कार्यक्रम हुनेछ । सो सकिना साथ ११ देखि ४ बजेसम्म हाईकिङ्ग अनि साँझ ब्रेकन हाई स्कुलमा करी डिनरका साथ सांस्कृतिक कार्यक्रम पनि व्यवस्था मिलाइएको छ । हाईकिङ्गको लागि प्याक लन्च आफैले बन्दोबस्त गर्नुपर्नेछ भने रात्रि भोजनको निम्ति अग्रिम बुकिङ्ग गर्नुपर्नेछ । सो को लागि ईच्छुक महानुभावले मुख्य संयोजक मेजर खुशीमान गुरुङ एमभिओ र पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङसँग सम्पर्क राख्न सक्नेछन् ।

नेपाल असीमित प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो, जहाँ विभिन्न जातजाति मिलेर बसेका छन् । शान्तिका दूत भगवान् गौतम बुद्धको जन्मथलो र संसारको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्टले पनि नेपाललाई संसारसामु परिचित गराएको सर्वविदितै छ । सन् १८६५ मा ब्रिटिस जेनेरल एवम् अन्वेषक जोर्ज एभरेस्टले माउन्ट एभरेस्ट संसारको सबैभन्दा अग्लो हिमश्रृंखला हो भनी पत्ता लगाएकाले उनकै नाममा माउन्ट एभरेस्ट नामकरण गरिएको हो । संयोग नै मान्नु पर्छ उनी ब्रेकनको नजिकको सहर क्रीखोवेलका बासिन्दा हुन् ।

गौतम बुद्ध र सगरमाथाका अलावा नेपाल वीर गोर्खाको जन्मथलोको रुपमा पनि संसारमा चिरपरिचित छ । बेलायती सेनामा वीर गोर्खालीले २०४ वर्षदेखि सेवा पुर्‍याउँदै आइरहेका छन् । साथै गत फेब्रुअरीमा मेजर गुरुङको पहलमा ब्रेकन र धम्पुस गाउँबीच मितेरी साइँनो पनि गाँसिएको छ । यसले भिजिट नेपाललाई प्रमोट गर्न थप टेवा मिल्ने विश्वास पनि गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाखको हाराहारीमा पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई साकार तुल्याउन वेल्समा हुन लागेको हाईक फर नेपालले थप टेवा पुराउने पनि मेजर गुरुङ्गले बताए । त्यसैले धेरैभन्दा धेरै क्याम्पर्स सहभागी भई हाईक फर नेपाललाई सफल तुल्याउन आयोजकले सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!